१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र युरोपेली संघले रुसमाथिको पहिलो उच्चस्तरीय वार्तामा मस्कोलाई ‘एकलो’ पार्ने कदमबारे छलफल



अ+ अ-

वासिङ्टन । रुसमाथिको पहिलो उच्चस्तरीय वार्तामा अमेरिका र युरोपेली संघका प्रतिनिधिहरूले मस्कोलाई थप एक्लो पार्न सक्ने थप कदमहरूबारे छलफल गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालय र युरोपेली बाह्य कार्य सेवाले संयुक्त रूपमा जनाएअनुसार युरोपियन युनियन र संयुक्त राज्य अमेरिका आज वाशिंगटन डीसीमा आयोजित पहिलो अमेरिका-इयु उच्च स्तरीय वार्तामा अर्थतन्त्र र अन्तरराष्ट्रिय वित्तीय प्रणालीबाट रुसलाई अलग गर्न थप कदमहरू बारे पनि छलफल गरेका छन् ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व राजनीतिक मामिलाका उपसचिव भिक्टोरिया नुल्यान्ड र इयुको नेतृत्व राजनीतिक मामिलाका लागि युरोपेली बाह्य कार्य सेवाका उपमहासचिव एनरिक मोराले गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । दुवै पक्षले सन् २०२२ को अन्त्यतिर रूसमा अर्को उच्चस्तरीय वार्ता गर्न सहमत भएका छन्। (रासस-एएनआई-स्पुतनिक)