२ भाद्र २०८३, मंगलवार
,
Latest
साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र युरोपेली संघले रुसमाथिको पहिलो उच्चस्तरीय वार्तामा मस्कोलाई ‘एकलो’ पार्ने कदमबारे छलफल



अ+ अ-

वासिङ्टन । रुसमाथिको पहिलो उच्चस्तरीय वार्तामा अमेरिका र युरोपेली संघका प्रतिनिधिहरूले मस्कोलाई थप एक्लो पार्न सक्ने थप कदमहरूबारे छलफल गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालय र युरोपेली बाह्य कार्य सेवाले संयुक्त रूपमा जनाएअनुसार युरोपियन युनियन र संयुक्त राज्य अमेरिका आज वाशिंगटन डीसीमा आयोजित पहिलो अमेरिका-इयु उच्च स्तरीय वार्तामा अर्थतन्त्र र अन्तरराष्ट्रिय वित्तीय प्रणालीबाट रुसलाई अलग गर्न थप कदमहरू बारे पनि छलफल गरेका छन् ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व राजनीतिक मामिलाका उपसचिव भिक्टोरिया नुल्यान्ड र इयुको नेतृत्व राजनीतिक मामिलाका लागि युरोपेली बाह्य कार्य सेवाका उपमहासचिव एनरिक मोराले गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । दुवै पक्षले सन् २०२२ को अन्त्यतिर रूसमा अर्को उच्चस्तरीय वार्ता गर्न सहमत भएका छन्। (रासस-एएनआई-स्पुतनिक)




भर्खरै