१० भाद्र २०८३, बुधबार
,
Latest
कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेत जोत्ने क्रममा रोटाभेटरमा परेर पाँच वर्षीय बालकको मृत्यु



अ+ अ-

जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । ट्याक्टर चालक स्थानीय महेश महराका छोरा २५ वर्षीय रामबाबुले बुधबार साँझ गाउँकै मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट्याक्टरमा रोटाभेटर लगाई बालक अकसरलाई पनि आफूसँगैका सिटमा बसाएर खेत जोत्दै गर्दा अचानक तल झर्दा रोटाभेटरमा परेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।

घटनालगत्तै ट्याक्टर चालक महेश फरार भएका छन् भने प्रहरीले उनको खोजतलास व्यापकरुपमा गरिरहेको छ । यता बालक अकसरको शव परीक्षणका लागि गए राति जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको आठ लाखसहित युवक पक्राउ

स्रोत नखुलेको करिब रु आठ लाखसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–५ बस्ने २० वर्षीय वीरेन्द्रकुमार दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । भारत विहारको कन्हमा सहरबाट कपडामा बेरेर कम्मरमा बाँधी साइकलमा चढेर सम्सी गाउँपालिका–६ स्थित प्रहरीचौकी नजिक आउँदै गरेका दासको हाउभाउ माथि शङ्का लागि जाँच गर्दा उनको साथबाट प्रहरीले स्रोत नखुलेको रु सात लाख ९१ हजार बरामद गरेको प्रहरीले जनाएको छ ।

दासको साथबाट प्रहरीले नेपाली रु एक हजारका नोट ५८५ थान र नेपाली नोट रु ५०० का ४९२ थान गरी उक्त रकम बरामद गरेको हो । स्रोत नखुलेको रकमसहित पक्राउ परेका युवक दासलाई गए राति नै प्रहरीले जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वरमा बुझाउन लगिएकामा भन्सार कार्यालय बन्द रहेको हुँदा उनलाई आज रकमसहित बुझाइने प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।