१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै



अ+ अ-

जनकपुरधाम । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री राउतले  बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनेछन् ।

सत्तारुढ दल विभाजित भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधानअनुसार नै उनले आज विश्वासको मत लिन लागेका हुन् । हाल सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको अवस्था छ । 

गत भदौ ९ गते महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले अलग्गै पार्टी दर्ता गराएपछि मुख्यमन्त्री राउतले एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेको थिए । अघिल्लो बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले समेत असोज २० मा प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।

हाल प्रतिपक्षमा रहेका नेकपा एमाले तथा लोकतान्त्रिक समाजवादी पार्टीले भने प्रदेशसभा बैठकमा अवरोध गर्ने तयारी गरेको जनाइएको छ । यी दुई दलबाहेक अन्य दलको समर्थन मुख्यमन्त्रीलाइ रहेकाले सजिलै विश्वासको मत पुग्ने आकलन गरिएको छ ।