• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

शहिद स्मारक बी डिभिजन लिग फुटबल: सामाजिक युथलाई हराउँदै बाँसबारी दोश्रो स्थानमा



ललितपुर । शहिद स्मारक बी डिभिजन लिग फुटबलमा बाँसबारी क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा बुधबार भएको खेलमा बाँसबारीले सामाजिक युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दे बिजयी भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको बाँसबारीको लागि सौरभ कार्कीले गरेको गोल नै निर्णायक गोेल हुन पुगेको थियो ।

खेलको अन्तिम समय अर्थात् ८९ औं मिनेटमा सौरभलेगोल गर्दै टोलीलाई जित दिलाएका हुन् । यो जितसँगै बाँसबारीले जारी लिगमा १० खेलबाट १६ अंक जोड्दै दोश्रो स्थानमा उक्लिएको छ ।

जारी लिगमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको समाप्तिपछि शिर्ष स्थानमा रहने दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली रेलिगेशनमा पर्नेछन् ।