२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रवणानन्द आश्रमका बालबालिकालाई सरु माताजीबाट भोजन



अ+ अ-

काठमाडाैं । सविता आचार्य (सरु माताजी)ले काठमाडौंको गौरीघाटमा रहेको प्रणवानन्द आश्रमका बालबालिकालाई भोजन गराउनु भएको छ ।

आश्रममा अध्ययनरत १५० भन्दा बढी बालबालिकालाई माताले भोजन गराउनु भएको हो । हाल १५० विद्यार्थी अध्ययनरत यस आश्रममा ४१ विद्यार्थी छात्राबासमा बसेका छन् ।

आश्रमले सबै विद्यार्थीलाई निःशुल्क रुपमा भोजन, आवास तथा शिक्षा दिँदै आएको छ । नर्सरी देखि कक्षा ७ सम्म अध्ययन गराइने यस आश्रममा बालबालिकालाई व्यवहारिक शिक्षादेखि अन्य निजी विद्यालयमा पढाइने पाठ्यक्रमहरु अध्यापन गराउने गरिएको छ ।

आश्रमलाई आत्मनिर्भर बनाउन तथा बालबालिकाको बौद्धिक क्षमता उन्नयन गर्न उदारमना सबैलाई सहयोगका लागि आह्वान गर्दै आश्रमले सहयोगी मनहरु प्रति धन्यवाद व्यक्त गरेको छ ।