१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँको गुणादीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



अ+ अ-

तनहुँ । पृथ्वीराजमार्ग सडकखण्ड अन्तर्गत आज म्याग्दे गाउँपालिका–१ गुणादीमा ट्रकले ठक्कर दिँदा तनहुँमा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुने तनहुँको ऋषिङ गाउँपालिका–२ काहुँशिवपुर निवासी १९ वर्षीय तारन थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँको थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ट्रकले सोही दिशामा गुडिरहेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा सख्त घाइते युवकको दमौली अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको हो । रामबहादुर थापाले मृतक आफ्नो भाइ भएको जनाएपछि पहिचान खुलेको हो ।

ना ३ ख ४६९१ नम्बरको ट्रकले सोही दिशामा गुडिरहेको ग ५ प ६०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर पश्चात फरार रहेका ट्रक चालक प्रहरी सम्पर्कमा आएको तर नियन्त्रणमा आइनसकेको तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।