१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दोस्रो राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

दोस्रो राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु
अ अ+ अ-

पर्वत । मोदी गाउँपालिका–८ चित्रेमा राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रयोगिता सुरु भएको छ । प्रतियोगिताको आज राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको छ ।

गत वर्षदेखि राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु गरिएको हो । गत वर्ष अध्यक्ष तिमिल्सिनाकै जन्मगाउँ मोदी–८ राम्जादेउरालीमा सञ्चालन गरिएको थियो । यसवर्ष छिमेकी वडा चित्रेमा आयोजना गरिएको हो ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य आवश्यकता रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासबाट पनि मुलुकको आर्थिक समृद्धि गर्न सकिने जनाउँदै यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका खेलाडीको अनुभव र क्षमताको विकास हुने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनले सरकारले सबै स्थानीय तहमा व्यवस्थित खेल मैदान विस्तार गरी खेलकूदसम्बन्धी प्रशिक्षण सञ्चालन गर्न सकेमा नेपाली खेलाडीले पनि बाह्य मुलुकमा पुगेर सफलता हासिल गर्नसक्ने बताउनुभयो । गाउँपालिकाको आयोजनामा दोस्रोपटक राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

आजदेखि यही चैत २० गतेसम्म सञ्चालन हुने वडास्तरीय भलिबल प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । लिग कम नक आउटका आधारमा खेलाइने खेलमा प्रथम हुनेले रु एक लाख ५१ हजार १११, द्वितीय हुनेले रु एक लाख एक हजार १११ र तृतीय हुनेले रु ५१ हजार १११ पुरस्कार र कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

सो अवसरमा रत्यौली प्रतियोगितासमेत आयोजना गरिएको छ भने डोरी तान्ने प्रतियोगिता, छेलो फाल्ने प्रतियोगितासमेत आयोजना गरिएको छ । दुवै प्रतियोगितामा प्रथम हुनेले रु १५ हजार राशिको पुरस्कार पाउने भएका छन् ।