२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आरआरआर’ ले ५ दिनमा कति कलेक्सन गर्यो ?



अ+ अ-

एजेन्सी । एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ ले बक्स अफिसमा रेकर्ड तोड्ने क्रम जारी राखेको छ । ५५० करोडको बजेटमा बनेको यो फिल्मले अहिले ५ दिनमा ६२० करोडभन्दा बढीको विश्वव्यापी व्यापार गरेको छ ।

फिल्मले पाँचौं दिन विश्वभर ५८ करोडभन्दा बढीको व्यापार गरेको थियो । योसँगै फिल्मको हिन्दी संस्करणले पनि ५ दिनमा १०० करोडभन्दा बढी कमाएको छ । ‘आरआरआर’ले लाइफटाइम बिजनेसको हिसाबले पहिलो हप्तामै ‘बाहुबली’ को धेरै रेकर्ड तोड्ने ट्रेड विश्लेषक तरण आदर्शले जनाएका छन् ।

योसँगै ‘आरआरआर’ ले भारतमा हालसम्म ४१२ करोड रुपैयाँको ग्रस बिजनेस गरेको छ । ‘आरआरआर’ भारतमा अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने शीर्ष ५ फिल्मको सूचीमा तेस्रो नम्बरमा आएको छ । यस सूचीमा राजामौलीको ‘बाहुबली २’ (१०३१ करोड) पहिलो र ‘बाहुबली’ (४१८ करोड) दोस्रो नम्बरमा छ ।

अर्कोतर्फ रजनीकान्तको ‘२.०’ (४०८ करोड) चौथो र आमिर खानको ‘दंगल’ (३८७.३९ करोड) पाँचौं नम्बरमा छ । यो लिस्टमा साउथका चार फिल्म रहेका छन् भने बलिउडको एउटा मात्र फिल्म यस लिस्टमा परेको छ ।

मनोबाला विजयबलनले सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै रामचरण तेजा, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्ट स्टारर फिल्म ‘आरआरआर’ ले पाँचौं दिन (मंगलबार) ५८.४६ करोडको वर्ल्ड वाइड ग्रस बक्स अफिस कलेक्सन गरेको बताएका छन् ।

यसअघि फिल्मले चौथो दिन (सोमबार) ७२.८० करोड, तेस्रो दिन (आइतबार) ११८.६३ करोड, दोस्रो दिन (शनिबार) ११४.३८ करोड र पहिलो दिन (शुक्रबार) २५७.१५ करोडको विश्वव्यापी व्यापार गरेको थियो ।