१७ भाद्र २०८३, बुधबार
,
Latest
इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार थप २६ जनामा कोरोना सङ्क्रमण, ७७ सङ्क्रमणमुक्त



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा पाँच हजार १९२ जनाको कोरोना परीक्षण गरिएको थियो । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १४६ रहेको छ । पछिल्लो २४ घण्टामा ७७ जना कोरोनाबाट मुक्त भएका छन् ।

योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार ३०५ पुगेको छ । निको हुने दर ९८.७ दशमलव सात प्रतिशत छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।