• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता बढ्दो : पूर्वराष्ट्रपति भण्डारी ★   सहकारी ठगीमा संसदीय समितिको क्षेत्राधिकार टुंग्याउन आज कार्यदल बैठक बस्दै ★   लिभरकुसेनलाई हराउँदै एटलान्टाले जित्यो युरोपा लिगको उपाधि, लुकम्यानको ह्याट्रिक ★   बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यक : उपराष्ट्रपति ★   शान्तिका अग्रदूत गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री ★   उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यम : राष्ट्रपति ★   भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व ★   अहिंसा नै शान्ति र मैत्रीको आधारशिला ★   आईपीएलः बैंगलोरलाई हराउँदै राजस्थान क्वालिफायर २ मा, फाइनल पुग्न हैदरावादसँग भिड्ने ★   वीर अस्पतालको अनुगमनमा जे देखियो…

ज्येष्ठ पत्रकार वृत्ति कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा : सञ्चारमन्त्री कार्की



file photo

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ज्येष्ठ पत्रकार वृत्ति कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको बताउनु भएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले ६५ वर्षमाथिका पत्रकारहरुलाई जीवन यापनमा सहयोग पुगोस् भनेर व्यवस्था गरिएको सो कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको बताउनु भएको हो ।

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पत्रकार तथा आम सञ्चार क्षेत्रको सबै सेवाहरु सूचना प्रविधिको माध्यामबाट हुने गरी आगामी आर्थिक वर्षबाट सूचना प्रविधि प्रणालीको विकासको लागि काम भइरहेको पनि बताउनु भयो । त्यस अवसरमा मन्त्री कार्कीले श्रमजीवि पत्रकारहरुको हक, हित तथा उनीहरुको भौतिक सुरक्षा गर्न सरकार प्रतिवद्ध रहेको पनि दोहोर्‍याउनु भयो । सबै नागरिकमा सूचनाको हकको पहुँच वृद्धिका लागि सरकारले आवश्यक नीतिगत, कानुनी र संस्थागत प्रणालीहरुको विकास गरिरहेको उहाँको भनाई थियो ।

मन्त्री कार्कीले भन्नुभयो, ‘प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाप्रति अहिलेको वर्तमान सरकार प्रतिवद्ध रहेको छ । नेपालको संविधानले नै संवैधानिक हकको रुपमा प्रेस तथा सूचनाको हकको प्रत्याभूति गरेको छ । आम नागरिक समक्ष सूचनाको पहुँच, सूचनाको हक कार्यान्वयन तथा पत्रकारहरुको हितको लागि सरकारले विभिन्न नीतिगत, कानुनी र संस्थागत व्यवस्था गर्नुका साथै विभिन्न कार्यक्रम समेत ल्याएको छ । ज्येष्ठ नागरिकहरुको जीवनयापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले रु ५ करोड ३२ लाख पत्रकार वृत्ति कोष स्थापना गरेको छ । यसबाट प्राप्त हुने ब्याज आम्दानीबाट ६५ वर्षमाथिका पत्रकारहरुलाई वृत्ति कोष मापदण्ड तयार गरी स्विकृत गर्ने चरणमा रहेको छ । यसैगरी आम सञ्चार माध्याम वा पत्रकारहरु मध्ये ६ जनालाई प्रत्येक वर्ष जनही एक लाख राशीसहितको राष्ट्रिय पत्रकारिता पुरस्कारसहित कदर पत्र प्रदान गर्ने व्यवस्था गरिएको छ । प्रत्येक वर्ष २ जना पत्रकारहरुलाई २ लाख सहित वरिष्ठ पत्रकार सम्मेलन गर्ने गरिएको छ । सञ्चार गृहहरुले आयात गर्ने अखवारी कागजहरुमा एक प्रतिशतले मात्रै भन्सार शुल्क लाग्ने व्यवस्था गरिएको छ । प्रत्येक वर्ष दूर्गम स्थानहरुमा घुम्ती शिविर संचालन गरीपत्रकाहरुलाई पत्रकार परिचय पत्र जारी गरी नविकरण गर्ने काम गर्दै आएकोमा यसै वर्षदेखि परिचय पत्र जारी गर्ने, नविकरण गर्ने कामलाई अनलाईन माध्यामबाट गर्न थालिएको छ । यसबाट पत्रकारहरुले परिचय पत्र लिने र नविकरण गर्न सूचना विभाग धाईराख्नुपर्ने अवस्थाको अन्त्य भएको छ । आगामी आर्थिक वर्षदेखि पत्रकार तथा आमसञ्चारसँग सम्बन्धित सम्पूर्ण सेवाहरु सूचना प्रविधिको माध्यामबाट गर्नेगरी प्रणाली विकास गर्ने कार्य भईरहेको जानकारी समेत गराउन चाहन्छु ।’

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आम सञ्चार नीति कार्यान्वयन हुने गरी तत्काल कानुन बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले श्रमजीवि पत्रकारहरुको न्युनतम पारिश्रमिक वृद्धि गर्न सरकार उदासिन बनेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । अध्यक्ष पोखरेलले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक ऐन कार्यान्वयन गराउन पनि सरकारले जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।