१८ आश्विन २०८१, शुक्रबार
,
Latest
अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पितृ विसर्जन गरिँदै



अ+ अ-

काठमाडौं । असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ ।

बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवङ्गत आफन्त)लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो । पितृ विसर्जन गर्न आज मैथिल परम्पराअनुसार जिल्लाका धार्मिकस्थल र पवित्र जलासय एकाबिहानै भरिभराउ छन् ।

पितृपक्षमा धार्मिकस्थलमा पितृलाई तर्पण र पिण्ड दिने हिन्दू मैथिल परम्परा छ । यसै परम्परालाई थाम्दै आज हिन्दू मैथिलले महोत्तरीका धार्मिक महत्वका जलाशय र धार्मिकस्थलमा तर्पण तथा पिण्ड दिएर १५ दिने पितृपक्ष विसर्जन गर्न लागेका हुन् । यस अवसरमा जिल्ला सदरमुकाम जलेश्वरस्थित  जलेश्वरनाथ महादेव मन्दिर, पुरन्दर, वरुण र भार्गव सर (तलाउ) तथा जिल्लाकै मटिहानीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा पितृ तर्पण दिनेहरु भरिभराउ छन् । यसबाहेक बलवा नगरपालिकाको ध्रुवकुण्ड, भङ्गाहा नगरपालिकाको सिद्धनाथस्थान, बर्दिबास नगरपालिकाभित्रका टुटेश्वरनाथ महादेव मन्दिर, राईमण्डल धार्मिक क्षेत्र र रातु, मरहा, जङ्घा एवं बाँके नदी किनारमा श्रद्धालुहरुको जमघट देखिएको छ ।

पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ तृप्त हुन्छन् भन्ने मैथिल–हिन्दू जनविश्वास छ ।  यजमान (श्राद्ध गर्ने कर्ता) को भीड बढेसँगै पुरोहित (कर्मकाण्डी ब्राह्मण)लाई पनि भ्याइनभ्याइ परेको छ । कर्तापिच्छे गोत्र, नाउँ र पितृको फरक–फरक सङ्कल्प पढ्नु र कर्तालाई अह्राइरहनुपरेको पुरोहित बताउँछन् ।