काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ । साताको चथौ दिन बुधबार नेपाली बजारमा सुनको मुल्य तोलामा ४ सयले घटेको हो ।
छापावाल सुन मंगलबार प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ९०० तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ६०५० कायम गरिएको छ जुन मंगलबार प्रतितोला रु ८९ हजार ८५० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको मूल्य स्थिर रहेको जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।