२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० लाख मुल्य बराबरको विभिन्न किसिमका औषधि सशस्त्र प्रहरीद्वारा बरामद



अ+ अ-

ईलाम । ईलाम जिल्लाको सुर्योदय नगरपालिका ३ बाट असोज १९ गते सशस्त्र प्रहरीले करीब ४० लाख ४१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको छ ।

सोही नगरपालिका कट्टेबुङ स्थित एक घरमा अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पशुपतिनगरबाट खटिएको सशस्त्र प्रहरीले उक्त औषधि बरामद गरेको हो । बरामद औषधि भन्सार कार्यालय पशुपतिनगरमा बुझाईएको छ ।