ईलाम । ईलाम जिल्लाको सुर्योदय नगरपालिका ३ बाट असोज १९ गते सशस्त्र प्रहरीले करीब ४० लाख ४१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको छ ।
सोही नगरपालिका कट्टेबुङ स्थित एक घरमा अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पशुपतिनगरबाट खटिएको सशस्त्र प्रहरीले उक्त औषधि बरामद गरेको हो । बरामद औषधि भन्सार कार्यालय पशुपतिनगरमा बुझाईएको छ ।