१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राउन सुगरसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ



अ+ अ-

झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित मेची पुलबाट असोज १८ गते सशस्त्र प्रहरीले करीव ३ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

झापा जिल्ला कमलामाई गाउँपालिका ६ बस्ने १९ वर्षिय दिवाना राईलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सतिघट्टाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित ब्राउन सुगर फेला पारेपछि पक्राउ गरेको हो । 

पक्राउ परेका निज राईलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।