१८ आश्विन २०८१, शुक्रबार
,
Latest
दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंनुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ



अ+ अ-

झापा । झापा जिल्लाको भद्रपुर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट असोज १८ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट लुकिछिपी नेपालतर्फ आउँदै गरेका फेला परेपछी उनलाई पक्राउ गरिएको हो ।

सोही जिल्लाको बिर्तामोड नगरपालिका १० बस्ने ४४ वर्षिय मिलन गुरुङलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश ग्वालाबस्तिबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राजेपाम १ सय वटा र ४२ बोतल कोरेक्स फेला परेको थियो ।

पक्राउ परेका गुरङलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।