२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ



अ+ अ-

झापा । झापा जिल्लाको भद्रपुर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट असोज १८ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट लुकिछिपी नेपालतर्फ आउँदै गरेका फेला परेपछी उनलाई पक्राउ गरिएको हो ।

सोही जिल्लाको बिर्तामोड नगरपालिका १० बस्ने ४४ वर्षिय मिलन गुरुङलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश ग्वालाबस्तिबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राजेपाम १ सय वटा र ४२ बोतल कोरेक्स फेला परेको थियो ।

पक्राउ परेका गुरङलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।