२५ भाद्र २०८३, बिहीबार
,
Latest
गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राजदूतमा डीन थम्पसन मनोनित



अ+ अ-
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूतमा डीन थम्पसनलाई मनोनित गरेका छन् । हाल नेपालका लागि राजदूत रहेका रेन्डी बेरीको कार्यकाल सकिएपछि थम्पसन नेपालस्थित अमेरिकी राजदूत हुनेछन् । थम्पसन दक्षिण र मध्य एसियाली मामिलाको ब्यूरोमा प्रमुख उप–सहायक सचिव हुन् ।
उनी अमेरिकी नीति र यस क्षेत्रका देशहरूसँगको सम्बन्धको निरीक्षण गर्छन्। उनी वरिष्ठ विदेश सेवा अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढीको अनुभव भएका सदस्य हुन् । यसअघि उनले थम्पसनले मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावास तथा रोमानियाको बुखारेस्टस्थित अमेरिकी दूतावासमा मिसन उपप्रमुखकाे रूपमा काम गरिसकेका छन् ।
साथै उनी भारतको कोलकातामा अमेरिकी कन्सुल जनरल र श्रीलङ्काको कोलम्बोमा रहेको अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभागको प्रमुख पनि भएका थिए । थम्पसनले युनिभर्सिटी अफ मेरिल्याण्ड, स्कूल अफ पब्लिक अफेयर्सबाट पब्लिक म्यानेजमेन्टमा स्नातकोत्तर र अमेरिकी राष्ट्रिय युद्ध कलेजबाट राष्ट्रिय सुरक्षा अध्ययनमा स्नातकोत्तर गरेका छन्।