१० भाद्र २०८३, बुधबार
,
Latest
कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु, सुन्दरीजल तनावग्रस्त



Symbolic Picture
अ+ अ-
काठमाडौँ । टिपरको ठक्करले स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु भएपछि काठमाडौँको सुन्दरीजल क्षेत्र तनावग्रस्त बनेको छ । आज बिहान गोकर्णेश्वर नगरपालिका–१ को मेलम्ची चोकमा बा ४ ख ६९६५ नम्बरको खाली टिपरको ठक्करबाट बाबुले चलाएको मोटरसाइकलमा सवार दुई बालिकाको मृत्यु भएको हो ।
बाबु रोहन घिसिङ घाइते भएका छन् भने उनका दुई छोरी सृष्टि र श्रेयाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु वल्र्ड युथ इन्टरनेसनल स्कुलमा पढ्थे। बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीय समुदायले टिपरमा ढुङ्गामुढा गर्दै टिपरमा आगजनीसमेत गरेका थिए । अहिले सो क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
प्रहरीले स्थानीय समुदायमाथि अश्रुग्याससमेत प्रहार गरेको छ । स्थानीय समुदायका अनुसार टिपरले ब्याक गरेको बताएका छन् । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।