१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रामायण’मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन



अ+ अ-

एजेन्सी । भारतीय टेलिभिजन च्यानल ‘दूरदर्शन’मा प्रसारित हुने पौराणिक कार्यक्रम ‘रामायण’मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन भएको छ । 

सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको निकै लोकप्रिय धारावहिक रामायणमा रावणको भूमिका निभाउने त्रिवेदीको गए राति  ८३ वर्षको उमेरमा निधन भएको हो । 

मंगलबार राति ११ बजे आफ्नो घरमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित रहेको बताइएको छ ।