२८ पुष २०८१, आईतवार
,
Latest
रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा हाजिर, आजै बयान र थुनछेक मेरिना इम्पेक्सको सुटमा क्रिकेट खेलाडी भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने आज तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने आजको मौसमः तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्ति सहमति विपरीत: कांग्रेस नेता सत्तार केनको पेनाल्टी गोलमा बायर्नको जित रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा हाजिर हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा



फाईल फोटो
अ+ अ-

कर्णाली । कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन् ।

हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन् । निर्देशनालयका सूचना अधिकारी पदम केसीले एक लाख सात हजार ६८१ ले बुस्टर डोज लगाएको जानकारी दिनुभयो । हाल सबै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ । कर्णालीमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको छ ।

पछिल्लो समय कर्णालीमा कोरोना सङ्क्रमण दर न्यून छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ रहेको छ ।रासस