३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिल नेपाल र कतार च्यारिटीको संयोजनमा काठमाडौँका ७ स्थानमा शौचालय निर्माण



अ+ अ-

काठमाडौं । काठमाडौं जिल्ला अन्तर्गत विभिन्न सामुदायिक तथा सार्वजनिक ठाउँहरूमा कतार च्यारिटी नामक संस्थाको आर्थिक सहयोगमा निर्माण भएका शौचालयहरु हिल नेपाल नामक संस्थाको संयोजनमा निर्माण सम्पन्न भएको छ।

जिल्लाको नागढुङ्गा स्थित स्वास्थ्य चौकीमा-१, दक्षिणकाली मन्दिर परिसर भित्र-१, दक्षिणकाली बस स्टपमा -१, किर्तिपुर स्थित स्वास्थ्य चौकीमा-१, चोभार डाडाको सार्वजनिक स्थलमा-१ र चन्द्रागिरी नगरपालिका अन्तर्गत मातातीर्थ स्थित स्वास्थ्य चौकीमा -१ गरि जम्मा ७ वटा सार्वजनिक शौचालय निर्माण सम्पन्न भएको छ।

उक्त सार्वजनिक एक शौचालयमा आरसिसि ढलान सहित तिन कोठे शौचालय बाहिर ६ वटा हात धुने धारा सहित २००० लिटरको ट्यांकी पनि रहेको कतार च्यारिटीका कन्स्ट्रक्सन इन्जिनियर अफिसर आमिर फैसलले बताउनुभयो।

यस सार्वजनिक शौचालयको विषयमा जिज्ञासा राख्दा कतार च्यारिटी नेपाल अफिसका कन्ट्री डाइरेक्टर ईरसाद अलि शेखले यस्तो खालको शौचालयले खुला दिसापिसाब मुक्त समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै विभिन्न सरुवा सङ्क्रामक रोगहरुबाट पनि बच्न सकिने कुरा बताउनु भयो। हिल नेपालका अध्यक्ष उमेश भण्डारीले विगत ३ वर्ष देखीनै कतार च्यारिटीले यस्ता खालका शौचालयहरु निर्माण गर्दै आइरहेको र आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा राखिएको बताउनुभयो। देशको राजधानी भएर पनि धेरै अव्यवस्थित बसोबास भएकाले यस कार्यक्रमले शहर स्वच्छ, सफा र सुन्दर राख्न मद्दत मिल्ने बताउनुभयो।