२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरालाई हराउँदै चितवन ईपीएलको फाइनलमा पुग्यो



अ+ अ-

काठमाडौं । चितवन चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)क्वालिफायर खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ । 

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बुधबार भएको क्वालिफायरमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर ६६ रनको योगफल तयार गरेको थियो ।

चितवनले ७.४ ओभरमा एक विकेटको क्षतिमा ६७ रनको लक्ष्य पूरा गर्दै फाइनलको यात्रा तय गरेको हो । 

चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । चितवनलाई जित दिलाउन ओपनर मोहम्मद शहजाद र कासिम अनसारीले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।  शहजदले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा ७ चौका र २ छक्का प्रहार गरे । 

यस्तै आसिम अनसारी १४ र करिम जनत ४ रनमा अविजित रहे । पोखराका नन्दन यादवले १ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर चितवनसामु ६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । सुनिल धमलाले १८ रन जोड्दा सुशन भारीले १२ रन बनाए ।

पोखरालाई सस्तैमा समेट्न चितवनका सागर ढकाल र शाहब आलमले ४–४ विकेट लिए । यस्तै सोमपाल कामी र करिम जनतको नाममा १–१ विकेट रह्यो ।  आजको खेलमा पराजित भएको पोखराले आजै हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा अवसर पाउनेछ ।

भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स–११ ले बुधबार नै इलिमिनेटरमा प्रतिस्पर्धा गर्दैछन् । उक्त खेलको विजेताले पोखरासँग खेल्दै फाइनलमा चितवनसँग भेट गर्नेछ । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ भने उपविजेताले १५ लाख पाउनेछ ।