१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बाढी पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीले पठायो राहत राहत सामग्री नपाएको बाढीपीडितको गुनासो अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको पालिका अधिवेशन, देउवा पक्ष देखियो बलियो



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत अहिले पालिकाहरुमा निर्वाचन भएको छ । 

हालसम्म भएका पालिका (स्थानीय तह) को अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षका बलियो पकड देखिएको छ । सात सय ५३ पालिकामध्ये अहिलेसम्म भएका छ सय ५ वटा पालिकामा अधिवेशन सकिएको छ । यीमध्ये दुई सय ५० मा त सभापति देउवा पक्ष निकटका नेता पालिका नेतृत्व जितेका छन् । 

तीमध्ये पनि वरिष्ठ नेता रामचन्द्र पौडेल निकटले एक सय ८० पालिकामा सभापति जितेका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका १६ जनाले पालिका सभापति जितेका छन् भने उपसभापति विजयकुमार गच्छदार पक्षका २ जनाले पालिका सभापति जितेका छन् । पालिका अधिवेशन भए पनि ४९ क्षेत्रका सभापति भने कुन पक्षनिकट हुन् भन्ने खुलेका छैनन् ।

प्रदेश नम्बर १ को १६६ पालिकामा अधिवेशन भएकोमा सभापति देउवा पक्षले ६० पालिकामा जितेको छ भने पौडेल पक्षले ४९ पालिकामा जितेको छ । सिटौला पक्षले १३ पालिका सभापति जितेका छन् ।

त्यसैगरी बागमती प्रदेशमा ९९ वटा पालिकामा अधिवेशन सकिएको छ। यीमध्ये ५३ पालिकामा देउवा पक्षले जितेको छ भने ३३ पालिका पौडेल पक्षले जितेकोमा केही पालिका सभापति भने कतैतिर पनि खुलेका छैनन् ।

गण्डकी प्रदेशमा ८५ पालिकामा अधिवेशन भएको छ । देउवा पक्षले ३९ पालिकामा जितेको छ भने पौडेल पक्षले २७ पालिकामा जितेको स्रोतको दाबी छ ।

लुम्बिनी प्रदेशमा अहिलेसम्म ८८ पालिका अधिवेशन भयो। जसमा देउवा पक्षले ३५ पालिका सभापति जितेको छ । पौडेल पक्षले २९ पालिकामा सभापति जितेका छन् भने केही पालिका सभापतिहरू कतैतिर पनि खुलेका छैनन् ।

कर्णालीमा ६२ पालिकामा अधिवेशन भएको छ । यहाँ ३६ पालिकामा देउवा पक्षले सभापति जितेको छ भने पौडेल पक्षले २६ पालिकामा जितेको छ । कतिपय कुन नेता निकट हुन् भन्ने खुल्न चाहेका छैनन् ।

सभापति देउवाको गृह प्रदेश सुदूरपश्चिम प्रदेशमा हालसम्म १९ पालिकामा मात्रै अधिवेशन भएकोमा १८ पालिका सभापति देउवानिकट छन् । पौडेल पक्षले बझाङको एक पालिकामा मात्रै सभापति जितेको छ ।

‘अहिलेसम्म सकिएका पालिका अधिवेशनबाट सभापति देउवा पक्ष नै बलियो रहेको देखाउँछ,’ देउवानिकट एक नेता भन्छन्, ‘सातै प्रदेशको पालिकामा अहिलेसम्म भएको अधिवेशनमा देउवा पक्ष नै अगाडि छ ।’

कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन गरेको थियो । वडा अधिवेशन गरेका अधिकांश जिल्लामा पालिका अधिवेशन भएका छन् ।

अहिलेसम्म १० जिल्लामा जिल्ला अधिवेशन भइसकेको छ । यीमध्ये ६ जिल्लामा पौडेल र ४ जिल्ला सभापतिमा देउवानिकटले जितेका छन् ।

कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने भनेको छ। २१ हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन हुने भने पनि रसुवा, डोल्पालगायत ११ जिल्लामा अझै अधिवेशन हुन सकेको छैन ।