३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

छैटौँ भक्तपुर व्यापार मेला चैत २४ गतेदेखि



अ+ अ-

भक्तपुर । छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन व्यापार मेला यही चैत २४ गतेदेखि सुरु हुने भएको छ । भक्तपुरको औद्योगिक, सांस्कृतिक एवं पर्यटकीय प्रवद्र्धनका लागि सल्लाघारीस्थित तीनकुनेको १०८ रोपनी क्षेत्रफलमा उक्त मेला आयोजना गर्न लागिएको हो ।

नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको उक्त मेला वैशाख ४ गतेसम्म चल्नेछ । औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज ब्याण्डको संयुक्त आयोजनामा उक्त मेला आयोजना हुनेछ । उक्त मेलामा दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ताचप्पल, कृषि तथा हस्तकलाका सामाग्रीको प्रदर्शनी रहनेछ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, ग्रामीण प्रविधि, अटोमोबाइल्स, विद्युतीय कृषि औजारको प्रदर्शनीसमेत हुनेछ ।

मेलामा सहभागीको मनोरञ्जनका लागि राष्ट्रिय कलाकारको प्रस्तुतिको कार्यक्रमसमेत राखिएको छ । उक्त प्रस्तुतिअन्तर्गत फेसन ¥याप तथा नृत्य, हास्यव्यङ्ग्य एवं गीतसङ्गीतका कार्यक्रम आयोजना गरिने मेलाका संयोजक दीपक थापाको भनाइ छ ।

त्यस्तै बालबालिकाका लागि एशियाकै उत्कृष्ट बाल उद्यानको व्यवस्था गरिएको छ । जसमा रोटी पिङ, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स रहनेछन् । उक्त मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको समेत प्रदर्शनी तथा बिक्री हुनेछ ।

सो मेलामा करिब २०० स्टल रहने आयोजकले जनाएको छ । मेलाका लागि स्टल राख्न चाहनेले स्टलको साइजअनुसार रु छ हजारदेखि १९ हजार ५०० सम्म तिरेर स्टल बुकिङ गर्न सक्नेछन् । अधिकांश स्टल लगभग बुकिङ भइसकेको मेला आयोजक समितिका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।

मेलामा सहभागी हुनका लागि रु ५० शुल्क लाग्नेछ । विद्यार्थीका लागि भने टिकटमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । मेलामा बिक्री तथा बुकिङ गरिने सामानमा २० देखि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । उक्त मेलामा तीन लाखभन्दा धेरै अवलोकनकर्ताको सहभागिता रहने र रु आठ करोडभन्दा बढीको व्यापार गर्ने लक्ष्य आयोजको छ ।