• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

सिटौला समूहबाट मन्त्री बन्दै यी नेता



काठमाडौं । सत्तारुढ गठबन्धनमा सहभागी चार दलबीच मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय बाँडफाँटमा सहमति जुटिसकेको छ । जसअनुरुप दलहरु मन्त्री चयनका लागि छलफलमा जुटेका छन् ।

कांग्रेसको भागमा आठवटा मन्त्रालय परेको छ । संस्थापन समूहबाट तीन मन्त्री र एक राज्यमन्त्री चयन भइसकेका छन् । बाँकी चार मन्त्रीमध्ये तीन मन्त्रालय संस्थापन इतर समूहले पाउने भएका छन् । 

त्यसमध्ये रामचन्द्र पौडेल समूहको भागमा दुईवटा मन्त्रालय परेको छ भने कृष्णप्रसाद सिटौला पक्षको भागमा एक मन्त्रालय परेको छ ।  

सिटौला पक्षबाट उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन् । सिटौला पक्षबाट चौधरीको नाम सिफारिस भइसकेको बताइएको छ ।