९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १४.२६ अंकले गिरावट, ६ लाख २८ हजार बराबरको खरिदबिक्री



अ+ अ-

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि करिव १५ अंकले गिरावट आएको छ ।

पछिल्लो पाँच दिनदेखि लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि निरन्तरता पाएको हो । आज नेप्से परिसूचक १४.२६ अंक घटेर २ हजार ५२७.५८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८० अंकल गिरावट आएको छ ।

मंगलबार कारोबारमा आएका २२५ कम्पनीको ३८ लाख ९० हजार कित्ता शेयर १ अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार साँढे २ अर्ब बराबरको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहबाहेक अन्य १२ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.८३ प्रतिशत बढेको छ । यता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५२ प्रतिशत घटेको छ । बाँकी उपसमूहको परिसूचक ० प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

मंगलबार नेप्से परिसूचक ओरालो लागे पनि ३ कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा इमर्जिङ्ग नेपाल र नेष्डो समृद्ध लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यात एनआईबिएल समृद्धि फण्ड २ को मूल्य सबैभन्दा बढी ४.७३ प्रतिशत घटेको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त, आशा लघुवित्त, एशियन लाइफ इन्स्योरेन्स र विशाल बजार कम्पनीको शेयर मूल्य पनि ३ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा करिब ८ करोडको शेयर कारोबार गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । ग्लोबल आइएमई बैंकको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।