• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ? ★   कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन ★   राप्रपा नेपालको सुशासन र स्वास्थ्य बिभाग प्रमुखमा चौलागाईं र भक्त केसि मनोनित ★   सर्वोच्चको आदेश: केदार कार्कीलाई कोशीको मुख्यमन्त्रीमा पुनर्बहाली गर्न अस्वीकार ★   संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्दैन: महामन्त्री थापा ★   संसदमा कांग्रेसको नारावाजी, बैठक १५ मिनेटका लागि स्थगित ★   कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरोध ★   प्रतिनिधिसभा बैठक सुरु

निर्वाचन कल सेन्टर सञ्चालनमा



काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्थापना गरिएको ‘कल सेन्टर’ आजदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ ।

निर्वाचनका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न उक्त कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।

विगतमा ११ अङ्क नम्बर रहेको टोलफ्री सञ्चालनमा आएकामा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले यस पटक चार अङ्कको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । कल सेन्टरमा नौ जनाशक्ति खटाइएको छ । आगामी स्थानीय तहको निर्वाचनसँग जोडेर सेवाग्राहीका जिज्ञासा आउने क्रम पनि बढेको छ ।

निःशुल्क टोल फ्रि नम्बर ११०२ रहेको कल सेन्टर शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिफोनमार्फत सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गर्नुभयोे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले कल सेन्टरमा सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासालाई शिष्ट भाषामा सम्बोधन गर्न निर्देशन दिनुभयो । निर्वाचनसँग सरोकार राख्ने व्यक्ति वा संस्थाले आफूलाई आवश्यक पर्ने तथ्यको तत्कालै जानकारी प्राप्त गर्न सकोस् भन्ने हेतुले आयोगले विगतदेखि नै निर्वाचनका बेला कल सेन्टर सञ्चालन गर्दैआएको हो ।

“सबै मतदाताले मतदानका विषयमा निःशुल्क र सरलरुपमा जानकारी प्राप्त गरुन र आफूले चाहेको उम्मेदवारलाई निर्भयपूर्वक मतदान गर्न सकुन भन्नेमा आयोगले विशेष ध्यान पुर्‍याउँदै आएको छ”, उहाँले भन्नुभयो,“कलसेन्टर मतदाताको आकर्षणको निम्ति हो । सेन्टरमा जवाफ दिने भूमिकामा रहनुभएकाले पनि सुझबुझका साथ विनम्र भएर जवाफ दिनु होला ।”

आयोगका प्रवक्ता शालिग्राम शर्माले कल सेन्टरमा खटिएका कर्मचारीलाइ सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासोलाई बुझिने भाषामा सरलरुपमा सम्बोधन गर्न सुझाव दिनुभयो ।