१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदूषणबाट नागरिकलाई बचाउन तात्कालीन योजना खै ?: डा पाण्डे



अ+ अ-

काठमाडौँ । जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेले काठमाडौँलगायत सहरमा धुवाँ प्रदूषण निक्कै बढेको भन्दै केही दिनका लागि विद्यालय बन्द गर्न आग्रह गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, “धुलोको प्रदूषण पनि उच्चस्तरमा छ, यो प्रदूषणका कारण सहरमा तुवाँलो लागेजस्तो देखिएको छ, आँखा, छाला तथा नाकमुखको एलर्जी, एलर्जिक ब्रोंकाइटिस, दम, फोक्सोको अन्य समस्या, मस्तिष्क तथा मुटुको समस्या, क्यान्सर तथा मनोरोगको प्रमुख कारकका रुपमा प्रदुषण अग्रस्थानमा छ ।”

उहाँले केही दिन वा हप्ता यो प्रदूषण बढ्दै जाने देखिएको भन्दै सरकारले प्रदूषणबाट आम नागरिकलाई बचाउन तत्कालीन योजना केही नल्याएको बताउनुभएको छ ।

उहाँका अनुसार यस्तो घातक प्रदूषण कम गराउनका लागि यातायातका साधन न्यून मात्रामा चलाउने, वरपरका जङ्गलको आगो तत्काल निभाउने, धुवाँ उत्सर्जन गर्ने कारखाना केही दिनका लागि बन्द गर्ने, हरेक वडाले टोलटोल, बाटा तथा सडकमा धुलो नियन्त्रण गर्ने अभियान सञ्चालन गर्नेलगायतका काम तुरुन्तै गर्नुपर्दछ र विद्यालय केही दिनका लागि बन्द गर्नु राम्रो हुन्छ ।

उहाँले यस्तो प्रदूषणबाट बच्न आम नागरिक सकभर घरभित्र बस्ने, घरबाहिर जाँदा सही तरिकाले मास्क लगाउने, मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने, आगो नबाल्नेलगायत गर्न सकिने उल्लेख गर्नुभएको छ ।