५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदूषणबाट नागरिकलाई बचाउन तात्कालीन योजना खै ?: डा पाण्डे



अ+ अ-

काठमाडौँ । जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेले काठमाडौँलगायत सहरमा धुवाँ प्रदूषण निक्कै बढेको भन्दै केही दिनका लागि विद्यालय बन्द गर्न आग्रह गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, “धुलोको प्रदूषण पनि उच्चस्तरमा छ, यो प्रदूषणका कारण सहरमा तुवाँलो लागेजस्तो देखिएको छ, आँखा, छाला तथा नाकमुखको एलर्जी, एलर्जिक ब्रोंकाइटिस, दम, फोक्सोको अन्य समस्या, मस्तिष्क तथा मुटुको समस्या, क्यान्सर तथा मनोरोगको प्रमुख कारकका रुपमा प्रदुषण अग्रस्थानमा छ ।”

उहाँले केही दिन वा हप्ता यो प्रदूषण बढ्दै जाने देखिएको भन्दै सरकारले प्रदूषणबाट आम नागरिकलाई बचाउन तत्कालीन योजना केही नल्याएको बताउनुभएको छ ।

उहाँका अनुसार यस्तो घातक प्रदूषण कम गराउनका लागि यातायातका साधन न्यून मात्रामा चलाउने, वरपरका जङ्गलको आगो तत्काल निभाउने, धुवाँ उत्सर्जन गर्ने कारखाना केही दिनका लागि बन्द गर्ने, हरेक वडाले टोलटोल, बाटा तथा सडकमा धुलो नियन्त्रण गर्ने अभियान सञ्चालन गर्नेलगायतका काम तुरुन्तै गर्नुपर्दछ र विद्यालय केही दिनका लागि बन्द गर्नु राम्रो हुन्छ ।

उहाँले यस्तो प्रदूषणबाट बच्न आम नागरिक सकभर घरभित्र बस्ने, घरबाहिर जाँदा सही तरिकाले मास्क लगाउने, मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने, आगो नबाल्नेलगायत गर्न सकिने उल्लेख गर्नुभएको छ ।