९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर नाकाबाट ठूलो मात्रामा मानव खप्पर र हड्डी बरामद



अ+ अ-

विराटनगर । मोरङबाट सशस्त्र प्रहरी बलको टोलीले ठूलो मात्रामा मानव खप्पर र हड्डी बरामद गरेको छ । 

मंगलबार सशस्त्र प्रहरी बलको नम्बर ३ कंकालिनी गणबाट खटिएको टोलीले भारतबाट नेपालतिर आइरहेको भ्यानबाट २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद गरेको हो । 

बेवारिसे अवस्थामा को १ च ९६४८ नम्बरको भ्यानबाट उक्त मानव खप्पर र हड्डी बरामद भएको कंकालिनी गणका गणपति तथा एसपी तीर्थ पौडेलले जानकारी दिए ।

मानव खप्पर गाडीमा बोकर हिँडेको आरोपमा प्रहरीले उक्त गाडीका चालकलाई बुधबार नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगरका विनोद राय र झापाका युवराज कार्की छन् ।

मान्छे निधनपछि आआफ्नो जातीय रीतिरिवाजअनुसार दाहसंस्कार गर्दा शवलाई जलाउने र जमिनमा गाड्ने गरिन्छ । 

शव गाडेको चिहान खोतलेर मानव खप्पर र हड्डी सङ्कलन गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

सशस्त्रले बरामद गरेको उक्त मानव खप्पर र हड्डीससिहतको गाडी अनुसन्धानका लागि प्रहरीलाई बुझाइएको छ भने बरामद मानव खप्पर जाँचका लागि फरेन्सिक ल्याबमा पठाइने भएको छ ।