१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम अनुमोदन



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेको हो ।

मंगलबार बसेको समितिको बैठकले सर्वसम्मत रुपमा श्रेष्ठको नाम अनुमोदन गरेको हो ।

न्यायपरिषदले उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । सर्वोच्च अदालतमा एक जना न्यायाधीशको पद खाली थियो । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश हुने व्यवस्था छ ।

संसदीय समितिको अनुमोदनसँगै अब श्रेष्ठलाई राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्नुहुनेछ ।