७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

कांग्रेसमा गठबन्धन बहस:आवश्यकता की बाध्यता

कांग्रेसमा गठबन्धन बहस:आवश्यकता की बाध्यता
फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसमा अहिले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय पेचिलो बनेको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकले मङ्गलबार यसबारे निर्णय गर्ने बताइएको छ । यही चैत ११ गतेदेखि शुरू भएको केन्द्रीय समिति बैठकमा सबै नेताहरूको बोल्न क्रम सकिएको छ।

अहिलेसम्म चुनावी गठबन्धनबारे दुई थरी धारणा आइरहेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा हुनुहुन्छ । बैठकमा उहाँले सोमबार गठबन्धन गरे आसन्न स्थानीय निर्वाचनमा सबै सिट जित्ने बताउनुभएको थियो ।

“गठबन्धन नहुँदा मैले नै बल्लतल्ल जितेको हुँ । गठबन्धन गरेर जाने हो भने अहिले हामी सबै सिट जित्छौँ”, देउवाको भनाइ थियो, “गठबन्धन नहुँदा पहिले धेरै साथीहरू हार्नुभएकै हो । जित्नका लागि गठबन्धन नगरे अर्को उपाय खोइ त ? ”

पार्टी सभापति देउवासँगै समान मत राख्नेहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत हुनुहुन्छ ।

महामन्त्री शर्माले कांग्रेसले विगतमा प्राप्त गरेको मत प्रस्तुत गर्दै आवश्यकताअनुसार गठबन्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “विगत हेर्दा कही कांग्रेस बलियो छ, कहीँ कमजोर छ त्यसैले आवश्यकताअनुसार गठबन्धन गरेर जानुपर्छ ।”

त्यस्तै वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष ओलीलाई साइजमा राख्न पनि अहिले गठबन्धन गरेर चुनावामा जानुपर्ने तर्क दिनुभएको छ । उहाँले भन्नुभएको छ, “अहिले ओलीलाई बलियो बनाउन हुँदैन । प्रचण्ड र माधव नेपाललाई हामीले मत दिएर पनि राख्नुपर्छ । ओलीलाई साइजमा राख्नुपर्छ । नभए लोकतन्त्र सङ्कटमा पर्छ ।”

तर नेता लक्ष्मण घिमिरेले माओवादी र समाजवादीलाई मत दिएर एमालेलाई साइजमा राख्नुपर्छ भन्ने पौडेलको भनाइको तीव्र आलोचना गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “आदरणीय नेता पौडेलज्यू, कम्युनिष्टहरूलाई भोट हाल्दा हाल्दा कांग्रेसीजनहरूले रुख चिह्ननै विर्सने भए । अरुलाई साइजमा राख्न खोज्दा खोज्दै कांग्रेसनै खरानी हुने जस्तो पो भयो । तपाईं कांग्रेसको वरिष्ठ नेता ? ”

त्यस्तै महामन्त्री गगन थापाले पनि कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताउनुभएको छ । “नेपालमा कम्युनिष्टबाट खतरा छ भनेर हामीले बारम्बार भन्यौँ”, उहाँले भन्नुभयो, “के अबको निर्वाचनमा कम्युनिष्ट मिल्न नदिएर लोकतन्त्र बचायौँ भनेर भन्न जाने हो त ?”

लाखौँ मतदाता नयाँ भएकाले मतदातालाई आज रुखबाहेक अरुमा भोट हाल्न लगाउँदा भोलि कांग्रेस बन्न आँउछन त भन्ने उहाँको प्रश्न थियो।

त्यस्तै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले संसद्मा कांग्रेसको उपस्थिति कहालीलाग्दो भए पनि सरकारको नेतृत्वमा कांग्रेस हुनुको सम्पूर्ण जस/अपजस एमाले अध्यक्ष ओलीलाई जाने बताउनुभएको छ ।

उहाँले भनाइ छ, “नेपाली कांग्रेस वर्तमान गठबन्धनका दलहरुप्रति सदासयता राख्दछ तर उनीहरुको पार्टी नै बचाइदिनका लागि आफ्नो पार्टीमा पेट्रोल खन्याउन सक्दैन ।”

अहिले स्थानीय तहको निर्वाचनमा चितवन सबैभन्दा बढी चर्चाको विषय बनेको छ । चितवन कांग्रेस सभापति राजेश्वर खनालले भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई बोक्न नसक्ने र नबोक्ने बताउनुभएको छ ।

उहाँले भरतपुरमा गठबन्धनको आवश्यकता नरहेको भन्दै उहाँले कांग्रेसले एकलरुपमा चुनाव जित्ने दाबी गर्नुभयो ।

तर चितवन जिल्ला र त्यसमा पनि भरतपुर महानगरपालिका माओवादी केन्द्रका लागि प्रतिष्ठाको विषय बनेको छ । खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहनगर र उहाँकी छोरी रेनु दाहाल हाल भरतपुर महानगरपालिकाको प्रमुख भएकाले पनि सो क्षेत्रमा गठबन्धन गरेर माओवादी केन्द्रलाई जिताउनुपर्ने उसको माग छ ।

सत्ता साझेदार माओवादी केन्द्रलगायतका पार्टीहरुले आसन्न स्थानीय निकायको निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीलाई सहयोग गर्नुपर्ने माग गर्दै आएका छन् ।