७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

चितवन कांग्रेसले भनेर केही हुँदैन– प्रचण्ड, चितवनमा गठबन्धन भए दुर्घटना हुन्छ– सतार

चितवन कांग्रेसले भनेर केही हुँदैन– प्रचण्ड, चितवनमा गठबन्धन भए दुर्घटना हुन्छ– सतार
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह जिल्ला चितवन पुगेर गठबन्धनका विषयमा दिएको अभिव्यक्तिले चितवन कांग्रेसमा तरङ्ग आएको छ ।

दाहालले ‘अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय चुनावसम्म पनि रहन्छ चितवन कांग्रेसले भनेर केही हुँदैन’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । नेपाली कांग्रेसभित्र पनि गठबन्धनका विषयमा दुई धार देखिँदै आएको छ ।

प्रचण्डको अभिव्यक्तिपछि केन्द्रीय प्रतिनिधिका रुपमा चितवनमा रहनुभएका कांग्रेस केन्द्रीय सदस्य अब्दुल सतारले न्यूजपोलारसँग भन्नुभयो, “गठबन्धन भएको कमजोरले बलियोसँग गर्ने हो चितवनमा कांग्रेस धेरै नै बलियो छ, यस्तो अवस्थामा कसरी गठबन्धन हुन्छ र ?” “म केही सातादेखि नै चितवनमा छु, कार्यकर्ताको मनस्थिति गठबन्धनको पक्षमा देखिँदैन ।

माथिको निर्णय आफ्नो ठाउँमा होला तर कार्यकर्ता त्यसलाई सहजरुपमा स्वीकार गर्ने मनस्थितिमा छैनन् । दाहालको अभिव्यक्तिपछि झन चिढ्याउने काम भएको छ”, सत्तारले भन्नुभयो, “२०७४ सालको स्थानीय निकायको निर्वाचनको बेला गठबन्धन अचानक बनेको थियो तर अहिले त्यो अवस्था छैन । कमजोरले गठबन्धन गर्न खोज्ने अनि बलियोले गुमाउनु पर्ने त्यो होला जस्तो लाग्दैन ।”

उहाँका अनुसार भरतपुर महानगरपालिकाका २९ ओटा वडामध्ये २० ओटा वडामा कांग्रेस एक्लै बलियो छ र माओवादीको प्रभाव दुई ओटा वडामा मात्र देखिएको छ । अन्य वडामा अरु दलको प्रभाव देखिएको छ । स्थानीय अवस्थाको विश्लेषण नगरी निर्णय गरे चितवनको हकमा प्रत्युत्पादक हुनसक्ने उहाँको बुझाइ छ । कार्यकर्ताकै माझबाट उहाँले बलजफ्ती निर्णय भए दूर्घटना हुनसक्ने र फरक परिणाम आउनसक्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धन आवश्यकताको सिद्धान्तको आधारमा हुने हो, यहाँ कांग्रेसलाई आवश्यक छैन ।” यस पटक कांग्रेसका मतदाता र शुभेच्छुकहरुले रुखमा नै भोट हाल्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “दाहालको त्यो भनाइ निजी हो, रुखमा भोट हाल्न नपाउने अवस्था उत्पन्न हुँदैन ।”