१० भाद्र २०८३, बुधबार
,
Latest
कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा तालिबानले दियो आदेश– दाह्री नभएका सरकारी कर्मचारीलाई प्रवेश नदिनू



अ+ अ-

एजेन्सी

काबुल । अफगानिस्तानमा सत्तामा आएका तालिबान लडाकूहरुले दाह्री नराख्ने सरकारी कर्मचारीलाई कार्यालयमा प्रवेश गर्न नदिने आदेश दिएका छन् । तालिबानको यो आदेश सोमबारदेखि लागू भएको छ ।

तालिवानको अत्यन्तै कडा इस्लामिक कानून लागू गर्ने मन्त्रालयका मानिसहरूले वित्त मन्त्रालयका कर्मचारीहरूलाई कार्यालयमा प्रवेश गर्नबाट रोकेका थिए। यी कर्मचारीले दाह्री नराखेको बताइएको छ ।

यसअघि विमानमा महिलालाई एक्लै यात्रा गर्न प्रतिबन्ध लगाइएको थियो ।

प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै खमाह प्रेसले तालिबानले कामदारहरूलाई टोपी लगाएपछि मात्र भित्र पस्ने अनुमति दिएको बताएको छ। तालिबान प्रतिनिधिहरूले यो टोपी लगाउन निर्देशन दिएका छन्।

अर्कोतर्फ इस्लामिक मामिला मन्त्रालयले कर्मचारीलाई रोकिएको खबरको खण्डन गरेको छ । मन्त्रालयका प्रवक्ता सादिक अकिफले अर्थ मन्त्रालयका अधिकारीलाई आफ्ना कर्मचारीले निर्देशन र सुझाव दिन रोकेको बताए ।

‘महिलालाई हिजाब बिना आउन नदेऊ’

अकिफले भने, “सबै सरकारी निकायलाई महिलालाई हिजाब बिना आउन नदिने निर्देशन दिइएको छ । त्यस्तै सरकारी पुरुष कर्मचारीलाई पनि सरिया कानूनअनुसारको पहिरनमा आउन भनिएको छ ।”

तालिबान समर्थकहरुले पनि तालिबानको यो आदेशको आलोचना गरिरहेका छन् । समर्थकहरुका अनुसार इस्लामले मानिसहरूलाई दाह्री बढाउन बाध्य पार्दैन।

गत वर्ष अगस्टमा अफगानिस्तानमा सत्तामा आएदेखि तालिबानले अफगान जनता विशेषगरी महिलामाथि कडा प्रतिबन्ध लगाएको छ ।

तालिबान प्रशासनले काबुलमा यस्ता धेरै पोस्टर राखेको छ जसमा महिलाहरु बुर्का लगाएर आउनु पर्ने भनिएको छ । तालिबान सत्तामा आउनुले महिलाका लागि डरलाग्दो अनुभव ल्याएको छ।

उनीहरूले अहिले शिक्षा, काम र लामो दूरीको यात्रामा धेरै प्रतिबन्धहरूको सामना गरिरहेका छन्।