१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिवक्ताहरुद्वारा सर्वोच्च बारको चियापान बहिस्कार, प्रधानन्यायाधीशलाई बोलाइएकोमा आपत्ति



अ+ अ-

काठमाडौं । वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालत बार एशोसिएसनको चियापान कार्यक्रम बहिस्कार गरेका छन् ।

सर्वोच्च बारले दशैंको अवसरमा बुधबार चियापान कार्यक्रम आयोजना गरेको थियो, जसमा प्राधनन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पनि बोलाइएको थियो ।

मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतका विवादमा पर्दै आएका प्रधानन्यायाधीशको काम कारबाहीमाथि प्रश्न उठाउनुपर्ने अवस्थामा उनलाई नै प्रमुख अतिथि बोलाएको भन्दै वरिष्ठ कानुन व्यवसायीहरुले सर्वोच्च बारको चियापान नै बहिस्कार गरेका हुन् ।