१० भाद्र २०८३, बुधबार
,
Latest
कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार हुने



अ+ अ-

काठमाडौं । वीर अस्पतालले निःशुल्क रगतजन्य आनुवांशिक रोगको उपचार सेवा शुरु गरेको छ ।

सोमवार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा शुरु गरेको हो । अस्पतालबाट अब रगतजन्य रोगहरुको निःशुल्क उपचार गर्न पाइनेछ । कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रबहादुर बस्नेतले आजबाट रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुुल्क सेवा शुरु भएको बताउनु भयो । उहाँले अबका दिनमा अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्नेतर्फ लागिरहेको बताउनु भयो ।

कार्यकारी निर्देशक बस्नेतले भन्नुभयो, ‘मेडिकल सेक्टरका सर्भिसहरुलाई धेरै एक्सपान्सन गर्ने अपुच्र्युनिटी पाएका छौँ । त्यो मध्ये एउटा अवसर यो मेडिकल जेनेटिक्स एण्ड हेमोफिलिया डि केयर सेन्टर हो । यसमा रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुुल्क रुपले धेरै रोगहरुको उपचार हुन्छ । त्यो भन्दा पनि हामी बिस्तारै अब बनम्यारो ट्रान्सप्लान्टतिर जाँदैछौँ । हामीसँग मेडिकल अंकोरेजी, रेडियो थेरापी, क्यान्सरसँग रिलेटेड डिपार्टमेण्ट पनि भएकोले हामी कम्बाइन्ड गरेर थुप्रै ब्लड एण्ड ब्लड वन क्यान्सरहरुको उपचार गर्ने र बनम्यारो ट्रान्सप्लान्टसँग अघि बढ्ने तयारीमा छौँ ।’

त्यस्तै रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा.निरजकुमार श्रेष्ठले नेपालमै पहिलोपटक रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु भएको बताउनु भयो । उहाँले अब अस्पतालले हेमोफिलियाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र यो रोग सम्बन्धी बेसिक जाँच परीक्षण पनि निःशुल्क हुने बताउनु भयो ।

विशेषज्ञ डा. सिंहले भन्नुभयो, ‘आजबाट वीर अस्पतालमा हामीले नयाँ सर्भिस शुरु गरेका छौँ । यो नेपालमा पहिलोचोटि हो । यो रगतजन्य अनुवांशिक रोगहरु जस्तो वंशानुगत रोगहरु, आमाबुबाबाट छोराछोरीमा सर्ने रोग त्यो सर्भिसको निःशुल्क उपचार सेवा शुरु गरेका छौँ । हेमोफिलियाका बिरामीहरुलाई निःशुल्क उपचार गर्नेछौँ । साथै यो रोगमा लाग्ने बेसिक जाँच परीक्षणहरु पनि वीर अस्पतालमा आजबाट निःशुल्क भएको छ ।’

विशेषज्ञ सिंहले अस्पतालको अबको लक्ष्य बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्ने रहेको पनि बताउनु भयो ।