२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलिया पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले अष्ट्रेलिया पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बिराटनगर घर भई काठमाडौं मध्यबानेश्वर बस्दै आएका ४१ वर्षीय मणि निरौला रहेका छन् ।  

निरौला आफूलाई क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशनको सञ्चालक भनी म्याग्दीका २४ वर्षीय सुजन खत्रीलाई अध्ययनको लागि डिपेन्डेण्ट भिषामा अष्ट्रेलिया पठाइदिन्छु भनी १२ लाख लिइ सम्पर्कविहिन भएका थिए । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार नयाँबानेश्वरबाट निरौलालाई पक्राउ गरेको हो । 

थप अनुसन्धानका लागि निरौलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको प्रहरीले जनाएको छ ।