६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातै प्रदेशमा नाथुमका कलेज स्थापना गरिनेछ: मन्त्री आले



अ+ अ-

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालका सातै प्रदेशमा नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथुम)का कलेज स्थापना गरिने बताउनुभएको छ । नाथुम कलेज रविभवन, कालिमाटी, काठमाडौँको आज ४९औँ वार्षिकोत्सवका अवसरमा मन्त्री आलेले नाथुम कलेज काठमाडौँमा मात्रै सीमित नराखेर अब सातै प्रदेशमा बिस्तार गर्ने गरी काम सुरु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नाथुम कलेजमा पढ्नका लागि अब सुदूरपश्चिम, कर्णालीलगायत विकट ठाउँबाट काठमाडौँ धाउनु पर्दैन, छिट्टै नै हामी सातै प्रदेशमा कलेज स्थापना गर्छौँ, अब आफ्नै प्रदेशमा विद्यार्थीले पढ्न पाउने छन् ।” मन्त्री आलेले सातै प्रदेशमा नाथुमका कलेज स्थापनाका लागि प्रयास सुरु भइसकेको र त्यहाँका कलेजका प्राचार्यसमेत तोकिसकिएको जानकारी दिनुभयो । काठमाडौँ विश्व विद्यालयसँगको सहकार्यमा नाथुमका सातै प्रदेशमा कलेज स्थापनाका लागि पहल सुरु भएको मन्त्री आलेको दाबी थियो ।

मन्त्री आलेले सबै प्रदेशमा काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा होटेल मेनेजमेन्ट, ट्रेनिङ कोर्स तथा ट्राभल टुरिजमका तालिम पनि सञ्चालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै प्रदेशमा पर्यटन प्रवद्र्धन तथा विभिन्न होटेल मेनेजमेन्ट, ट्रेनिङ कोर्सका तालिम सञ्चालन गरिनेछन् ।”

नाथुम कलेजका अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले त्रिभुवन युनिर्भसिटीका केही अव्यवहारिक सर्तका कारण नाथुमका कलेज सञ्चालन गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो अरु केही उद्देश्य छैन तर नाथुमका कलेज सातै प्रदेशमा सञ्चालन गर्ने र यसलाई एक्सलेन्समा लैजाने भन्ने हो ।”

बहराइनको होटेल म्यानेज मेन्टको त्यहाँको एक इनिष्टच्युटले एउटा सेमेष्टर नेपालमा सञ्चालन गर्न चाहान्छ भनेर बहराइनका राजदूतले आफूलाई खबर गरेकाले उनीहरूसँग सहकार्य गरी उनीहरूका विद्यार्थीलाई छ महिना यहाँ पढाइने र हाम्रा विद्यार्थी त्यहाँ पढ्न पठाइने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा नाथुमका विद्यार्थी विदेश पढ्न पठाउने र विदेशका विद्यार्थीलाई यहाँ ल्याएर नाथुममा पढ्ने गरी व्यवस्था मिलाउँदै छौँ ।” हामी सातै प्रदेशमा हाम्रै स्वामित्वमा हाम्रा कलेज स्थापना गरिने र नाथुमलाई ब्राण्ड बनाएर लैजानेसमेत सचिव न्यौपानेले दाबी गर्नुभयो ।