१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड नवरात्रमा पनि सुनसान पाथीभरा उपभोक्ताको गुनासो: ‘महँगो दशैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’ बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर परराष्ट्रमन्त्री राणा दोहामा द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्कंदै सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु राप्रपामा विभागीय प्रमुख हेरफेरप्रति लोहनीको आपत्ति पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई निर्मल निवासमा दशैंको टीका लगाइदिने पूर्वराजा ज्ञानेन्द्र यसकारण गएका थिए भुटान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् वरिष्ठ पत्रकार चन्द



अ+ अ-

कैलाली । सुदूरपश्चिम क्षेत्रको पत्रकारिता क्षेत्रका धरोहर तथा वरिष्ठ पत्रकार रामबहादुर चन्दको आज ९५ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँस्थित छोरीको घरमा उहाँको निधन भएको हो । प्रगतिशील विचारका चन्द सुदूरपश्चिम क्षेत्रमा पत्रकारिता क्षेत्रका अग्रणी व्यक्तित्वका रूपमा रहनुभएको थियो । उहाँ पञ्चायतकालमा महेन्द्रनगरबाट विसं २०२६ मा महाकाली सन्देश पाक्षिक पत्रिकाबाट पत्रकारिता क्षेत्रमा लाग्नुभएको थियो ।
 
विसं २०३३ मा उहाँले वार्ता साप्ताहिक पत्रिका सञ्चालन गर्नुभएको थियो । वार्ता साप्ताहिक एमाले प्रचार विभागले सञ्चालन गरेपछि उहाँले विसं २०४९ मा जनवार्ता अर्धसाप्ताहिक पत्रिका सञ्चालन गर्नुभएको थियो । बहुआयामिक व्यक्तित्वका धनी चन्द पत्रकार महासङ्घ कञ्चनपुरका संस्थापक सभापतिसमेत रहनुभएको थियो । 

पत्रकारिता पेशालाई मुख्य पेशा बनाएका चन्दले विसं २०४६ को आन्दोलनपछि पनि महेन्द्रनगरबाट चुरे टाइम्स दैनिक सञ्चालन गर्नुभएको थियो । उहाँले विसं २०५६ देखि करिब आठ वर्ष चुरे दैनिक पत्रिका प्रकाशित गर्नुभएको थियो ।

विसं २०६२÷०६३ को जनआन्दोलनपछि उहाँ काठमाडौँस्थित छोरीको घरमा बस्दै आउनुभएको थियो । चन्दका श्रीमती र दुई छोरी छन् । बैतडी जिल्लाको सिगास गाउँपालिकामा जन्मिनुभएका चन्द लामो समयदेखि बिरामी रहँदै आउनुभएको थियो । चन्द जनपक्षीय पत्रकारका रूपमा सुदूरपश्चिम क्षेत्रमा परिचित रहनुभएको थियो ।