२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानेपामा अनशनरत नेता कार्यकर्ताहरुलाई उठायो प्रहरीले



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यता विवादलाई लिएर अनसन बसिरहेका कार्यकर्तालाई प्रहरीले हटाएको छ । सानेपामा अनशनरत रौतहट र सर्लाहीका नेता कार्यकर्ताहरुलाई प्रहरीले हटाएको हो।

विगत केही समयदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा बसेकाहरुलाई सभापति शेरबहादुर देउवाको निर्देशनमा हटाएको उनिहरुले आरोप लगाएका छन्।

सर्लाही कांग्रेसका पूर्व सभापति लक्ष्मण रायले प्रहरीले अस्पताल लैजाने भन्दै अनशन बसेकाहरुलाई उठाएको बताए।

अनसनरत कार्यकर्ता बिरामी पर्न लागेको भन्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले माग सम्बोधन गर्न देउवालाई आग्रह गरेका थिए। जवाफमा देउवाले अस्पताल लगेर उपचार गर्नुपर्ने बताएका थिए।