१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भयोः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भएकाले त्यसविरुद्ध जनमत सिर्जना गर्न एकीकृत समाजवादी गठन भएको बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपालको प्रथम विस्तारित बैठकको समापन समारोहमा आज उहाँले पात्रको विकृत मानसिकता भएमा समाजवाद वा साम्यवादको आवरणमा तानशाह जन्मने गरेको विश्वमञ्चमा दृष्टान्त रहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले सञ्चारकर्मीको कलमले सत्यको खोजी गरी तथ्यको उद्घाटन गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले जनताले करिब दुई तिहाइको बहुमत कम्युनिष्टलाई दिएको भए पनि तत्कालीन सरकारको नेतृत्व व्यक्तिवादी, दक्षिणपन्थी अवसरवादी र राष्ट्रिय समर्पणवादी भएकाले जनाताको आर्थिक समृद्धिको चाहना पूरा हुन नसकेको विचार व्यक्त गर्नुभयो ।

देशभर पार्टीको सङ्गठन दु्रत गतिमा निर्माण भइरहेको बताउँदै उहाँले भन्नुभयो, “हामी चुनावदेखि चुनावसम्म होइन, जनतादेखि जनतासम्म जानुपर्छ ।” अध्यक्ष नेपालले देशमा समानता, सामाजिक न्याय, विकास र समृद्धि कायम गर्ने विषय नै पार्टीको लक्ष्य भएको बताउनुभयो । उहाँले राष्ट्रिय पूँजीको विकास गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न कृषि, उद्योग, पर्यटनका साथै पूर्वाधारका क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसले मुलुकमा रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउने तर्क प्रस्तुत गर्नुभयो ।

पार्टीका उपमहासचिव एवं सङ्गठनका इन्चार्ज जगन्नाथ खतिवडाले पार्टी स्थापनाकालदेखि नै राष्ट्रिय पार्टीका रूपमा स्थापित भएको बताउँदै आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको झण्डा देशभर फराउन प्रचारप्रसारलाई तीव्र पारिने जानकारी दिनुभयो ।

सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले श्रमजीवी पत्रकारको हक, हित र अधिकारलाई सुनिश्चित गर्न क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैबीच पत्रकार खेम भण्डारीले लेख्नुभएको ‘हावामहलको कुशल कारिगर’ कृति विमोचन गरिएको थियो । कृतिमा एमाले र मओवादी केन्द्रबीच चुनावी तालमेल र एकीकरणदेखि नेकपा बदर भएको झन्डै चारवर्षे कालखण्डका विषयमा लेखिएको छ ।

कृतिमा ‘चक्रवर्ती बन्ने चक्कर’, ‘ककपिटमा कोकोहोलो’, ‘वातावरण बन्छ, भत्कन्छ’, ‘खतरनाक आकाङ्क्षा, डरलाग्दो तयारी’ लगायत १३ शीर्षकमा विभाजन गरिएको छ ।