१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड नवरात्रमा पनि सुनसान पाथीभरा उपभोक्ताको गुनासो: ‘महँगो दशैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’ बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर परराष्ट्रमन्त्री राणा दोहामा द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्कंदै सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु राप्रपामा विभागीय प्रमुख हेरफेरप्रति लोहनीको आपत्ति पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई निर्मल निवासमा दशैंको टीका लगाइदिने पूर्वराजा ज्ञानेन्द्र यसकारण गएका थिए भुटान
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढ्यो



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । वाग्मती प्रदेशमा १३ जिल्ला छन् । 

काठमाडौँ उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले काठमाडौँ उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो । उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म रु १८, १० किलोमिटरसम्म रु २३, १५ किलोमिटरसम्म रु २७, २० किलोमिटसम्म रु ३० र २० किलोमिटरभन्दा माथि रु ३५ भाडादर कायम गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विसं २०७८ असार २७ को मन्त्रिस्तरको निर्णयानुसार यातायात व्यवस्था विभागबाट विसं २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था गरेको थियो । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरे पनि ट्याक्सीको हकमा भाडा वृद्धि नगर्नु दुःखद् भएको बताउनुभयो । ट्याक्सीमा पनि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने उहाँको भनाइ थियो । रासस