१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति

तेस्रो विश्वयुद्धको आहट… ‘पुटिनसँग युक्रेन युद्धमा आणविक हतियार प्रयोग गर्ने अधिकार’

तेस्रो विश्वयुद्धको आहट… ‘पुटिनसँग युक्रेन युद्धमा आणविक हतियार प्रयोग गर्ने अधिकार’
अ अ+ अ-

एजेन्सी

मस्को/किभ । रुस र युक्रेनबीच पछिल्लो एक महिनादेखि युद्ध चलिरहेको छ । युक्रेनलाई पर्दा पछाडिबाट सहयोग गर्दै आएको पश्चिमा राष्ट्रहरु रुससँग प्रत्यक्ष भिड्न तयार छैनन् ।

कारण स्पष्ट छ, रुस विश्वको सबैभन्दा ठूलो आणविक शक्ति राष्ट्र हो, जसले अहिले युद्धको नियमभन्दा बाहिर आक्रमण गरिरहेको छ ।

पहिलो दिनदेखि नै यो युद्धमा आणविक आक्रमणको खतरा बढिरहेको छ। विश्वका लागि चिन्ताको विषय बनेको युक्रेन युद्धमा आणविक हतियार प्रयोग गर्न रुसले फेरि एकपटक ‘चेतावनी’ दिएको छ ।

रुसका सुरक्षा परिषद्का उपाध्यक्ष एवं पूर्व रुसी राष्ट्रपति दिमित्री मेदवेदेवले मस्कोले परम्परागत हतियार प्रयोग गरेर शत्रुलाई जवाफ दिन सक्ने बताए। रुससँग संसारमा सबैभन्दा धेरै परमाणु हतियार करिब छ हजार छन् ।

शनिबार मेदभेदेवले भने, “हामीसँग आणविक कारबाहीसम्बन्धी विशेष दस्तावेज छ। यस कागजातले स्पष्टरूपमा बताउँछ कि रूस आणविक हतियारहरू प्रयोग गर्नका लागि हकदार छ। म तपाईंलाई सम्झना गराउँछु यहाँ ती आधारमध्ये केही छन्।”

‘रुसले आक्रामक कारबाहीको जवाफ दिन सक्छ’

उनले भने, “पहिलो, यदि रुसमाथि आणविक क्षेप्यास्त्र प्रहार भयो भने । दोस्रो, रुस वा उसका कुनै पनि सहयोगीमाथि अन्य आणविक हतियारले आक्रमण भयो भने । तेस्रो, हाम्रो आणविक प्रतिरोधात्मक शक्तिहरुलाई असर गर्ने गरी हाम्रो महत्वपूर्ण पूर्वाधारमा आक्रमण भयो भने । चौथो मुलुकको अस्तित्वका लागि खतरा उत्पन्न हुने गरी आणविक हतियारबिना वा परम्परागत हतियारसहित रुस र उसका सहयोगीहमाथि आक्रमण कारवाही भयो भने ।”

रुसको आणविक बल अलर्टमा

रुसको यो चेतावनीले युक्रेन युद्धमा परेको आणविक आक्रमणको बादल गाढा भएको छ । गत महिना फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएपछि पुटिनले आफ्ना आणविक सेनालाई सतर्क रहन आदेश दिएका थिए।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आणविक हतियारले एउटा देश मात्र नभई सम्पूर्ण विश्वलाई नै नष्ट गर्न सक्ने देखाएको बताएका छन् ।

पुटिनले पश्चिमी देशहरूलाई युद्धमा हस्तक्षेप गरे इतिहासकै सबैभन्दा भयानक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

एक महिनाभन्दा बढी समयदेखि चलिरहेको यस युद्धमा यदि परमाणु हतियारको प्रयोग भयो भने त्यो तेस्रो विश्वयुद्धको सुरुआत हुनेछ ।

जेलेन्स्कीले तेस्रो विश्वयुद्धको चेतावनी पनि दिएका छन् । उनले पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताए तर वार्ता असफल भएमा दुई देशबीचको लडाइले ‘तेस्रो विश्वयुद्ध’ निम्त्याउन सक्ने बताए ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले तेस्रो विश्वयुद्ध भए परमाणु हतियारले लड्ने बताएका थिए ।