१५ आश्विन २०८१, मंगलवार
,
Latest
जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससलाई वाणिज्य बैंकको सहुलियत ऋण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय समाचार समिति (रासस)का कर्मचारीलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । रासस केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा आज आयोजित कार्यक्रममा सहुलियत कर्जा उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

‘पेशाकर्मी सरल कर्जा’ नाम दिइएको सो कार्यक्रमले राससमा कार्यरत कर्मचारीलाई सहजरुपमा कर्जा लिन मार्ग प्रशस्त भएको छ । द्विपक्षीय सम्झौतामा राससकातर्फबाट महाप्रबन्धक सिद्धराज राई र वाणिज्य बैंक शाखा कार्यालय थापाथलीका तर्फबाट शाखा प्रबन्धक विक्रममान श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

वाणिज्य बैंकले आधार दरमा थप चार प्रतिशत प्रिमियम थप गरी सहुलियत कर्जा उपलब्ध गराउनेछ । सरकारी स्वामित्वका संस्थान, समिति एवम् सङ्गठित संस्थामा कार्यरत कर्मचारीलाई सहजरुपमा कर्जा सुविधा दिँदै आएको वाणिज्य बैंकसँग यस खालको सम्झौता गर्दै आएको छ ।

सो अवसरमा महाप्रबन्धक राईले राससका कर्मचारीको हितका लागि आफूहरुले यस खालको सम्झौता गरिएको बताउनुभयो । राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक श्रेष्ठले देशभर सञ्जाल भएको, विश्वसनीय एवम् भरपर्दो रासससँग सहकार्य गर्न पाउनु आफूहरुका लागि समेत गौरवको विषय भएको बताउनुभयो ।

वाणिज्य बैंकले यसअघि नेपाली सेना, नेपाल प्रहरी, नेपाल वायु सेवा निगम, संघीय संसद् सचिवालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल आयल निगमसँग पनि यस्तै सम्झौता गरिसकेको छ । सम्झौता भएपछि पेशाकर्मी सरल कर्जा मार्फत १५ हजार कर्मचारीले कर्जा सुविधा दिएका छन् ।

देशभर शाखा सञ्जाल भएको सरकारी स्वामित्वको वाणिज्य बैंकले २५८ शाखा कार्यालय, २४५ एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरिरहको छ । राष्ट्रिय वाणिज्य बैंकले अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । पछिल्लो पटक बैंकले ‘स्मार्ट क्यूआर टेलर’ प्रणाली लागू गरेको छ । सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले केही पहिलादेखि उक्त सेवा प्रदान गर्न थालेको हो ।

विसं २०२२ माघ १० गते मुलुकको आर्थिक क्षेत्रको विकासमा टेवा पुर्‍याउने उद्धेश्यका साथ स्थापना भएको यो बैंक देशका सातै प्रदेशका ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक समेत हो । रासस