१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिक्री वितरणको लागि लैजाँदै गरेको २ वटा हात्तीसहित ३ जना पक्राउ



अ+ अ-

पर्सा । प्रहरीले नेपालबाट भारततर्फ बिक्री वितरणको लागि लैजाँदै गरेको २ वटा हात्तीसहित ३ जनालाई पक्राउ गरेको छ ।

पकहामैनपुर गाउँपालिका– ५ पोखरिया टोलबाट उनीहरुलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका– १८ जितपुर बस्ने ६० वर्षीय बुदिराम महतो, सोही ठाउँ बस्ने ४० वर्षीय राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका– ५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन् ।

उक्त स्थानमा बिक्री वितरणको लागि हात्तीहरू लैजाँदै गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने कार्य भएको प्रहरीले जनाएको छ ।