• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

नेपालले थाइल्याण्डको चोनबरीसँग खेल्दै



photo:anfa

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बेलुका थाइल्याण्डको चोनबरी एफसी क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा नेपाली समयअनुसार ३ः४५ बजे खेल्नेछ । एएफसी एसियन कप छनोेटको तयारीमा रहेको नेपालले थप तयारीका लागि थाइल्याण्डको टोलीसँग खेल्न लागेको हो ।

नेपालले यसअघि थाइल्याण्डसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसमा नेपाल २–० ले गोलअन्तरले पराजित भएको थियो । एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालको समूहमा कुबेत, इण्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहका छनोट खेल कुबेतमा आयोजना हुनेछ । छनोट खेल आगामी जुन ८ देखि १४ तारिखसम्म हुनेछ ।