• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ: अध्यक्ष अग्रवाल ★   सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग सभामुखको छलफल जारी ★   चितवनका केराले पाउन थाल्यो बजार ★   वर्षाका कारण केकेआर टोलीको बिचल्ली, फ्लाइट गुवाहाटी मोडियो ★   लगानीको सुनिश्चितता दिनसक्ने हो भने कतारबाट प्रचुर लाभ लिन सकिन्छ: राजदुत ढकाल (अन्तरवार्ता) ★   रास्वपा संसदीय दलको बैठक: बजेट अधिवेशन र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल ★   तातो हावा ‘लू’ ले जनजीवन कष्टकर ★   डिशहोमले टी २० विश्वकप र यूरो कप २०२४ लाई लक्षित गरी रोड-शो गर्दै ★   राजमार्गमा हिलो र धुलोले सास्ती ★   भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु

सैनिक अस्पतालद्वारा पोखरा वृद्धाश्रममा स्वास्थ्य शिविर



गण्डकी । पोखरा वृद्धाश्रमको २५औँ स्थापना दिवसका अवसरमा सैनिक अस्पताल फूलबारी पोखराले वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

शिविरमा अस्पतालका डा अमृत घिमिरे, डा स्वेता राज्यलक्ष्मी राणा, डा शिशिर श्रेष्ठ, डा अभिशेख थापा, व्यवस्थापक सेनानी विज्ञानराज पोखरेलसहितको १३ सदस्यीय टोलीले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

शिविरमा पोखरा वृद्धाश्रम र आसपासका ५३ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै रु दुई लाख मूल्य बराबरको औषधि तथा पौष्टिक आहार वितरण गरिएको थियो । सेनाका प्राविधिक सहायक रथी डा भुवनराज कुँवरले शिविरको शुभारम्भ गर्दै सेना नागरिक समाजसँग सहकार्य गर्दै सामाजिक सेवामा समर्पित हुँदै आएको बताउनुभयो ।

विजयपुर कमाण्ड सेनापति बाबुराम श्रेष्ठको निर्देशनमा वृद्धाश्रममा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको जानकारी दिँदै उहाँले राज्य र नागरिकलाई पर्ने जस्तोसुकै अप्ठ्यारोमा पनि सेनाले सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका पुष्पराज पौडेलले समाजका ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको क्षेत्रमा मन्त्रालयले सहयोग गरेर सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको बताउनुभयो ।

पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले सैनिक अस्पतालबाट आगामी दिनमा पनि स्थास्थ्य शिविर सञ्चालन गर्न आग्रह गर्दै आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजनभन्दा पनि औषधोपचारमा बढी खर्च हुने गरेको बताउनुभयो । वृद्धाश्रममा हाल समाजका विपन्न, असहाय एवं अपहेलित ५५ ज्येष्ठ नागरिक आवद्ध रहनुभएको कोषाध्यक्ष धर्म गुरुङले जानकारी दिनुभयो ।