९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब पोखरा संसारसँग जोडिने छ: मन्त्री आले



अ+ अ-

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताउनुभएको छ ।

चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उहाँले भन्नुभयो, “नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो, अब यो अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधै जोडिएको छ, यो विमानस्थलले पोखरालाई विश्वमाझ पु¥याउने छ ।”

मन्त्री आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अब नेपालको पर्यटन प्रवद्र्धन गर्न तथा नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन थप टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरा संसारका पर्यटकहरूको आकर्षणको केन्द्र हो, आफ्नो व्यस्ताबाहेक मलाई लाग्छ नेपाल आएको पर्यटक पोखरा नपुगी फर्किन मान्दैन, त्यसैले अब यो विमानस्थलले पोखरा आउन चाहने पर्यटकका लागि सहजता प्रदान गर्नेछ ।”

उहाँले पोखरेली र पोखराका पर्यटन व्यवसायीलाई बधाई दिँदै पोखरामा अब ठूला होटल निर्माण गर्न र पर्यटन प्रवद्र्धनका प्याकेज कार्यक्रम ल्याउन पनि आग्रह गर्नुभयो ।

मन्त्री आलेले भन्नुभयो, “पोखराजस्तो सुन्दर पर्यटकीय स्थान पोखरेलीहरूलाई प्रकृतिको सुन्दर बरदान हो, यसलाई थप सुन्दर बनाउन यो विमानस्थलले यहाँहरूलाई सहयोग गर्नेछ । अब यहाँहरुले बढीभन्दा बढी होटल खोल्नुहोस्, बढीभन्दा बढी पर्यटक भित्र्याउनुहोस् र यहाँको पर्यटन क्षेत्रको विकासमा तपाईँहरू नै लाग्नुहोस्, सरकारको सहयोग के चाहिन्छ हामीलाई भन्नुहोस् ।”

मन्त्री आलेले पोखरामा अब विश्वका पर्यटक आउने भएकाले पाँचतारे मात्र नभएर साततारेसम्मका होटल खोल्न पनि आग्रह गर्नुभयो । ठूला होटल तथा क्यासिनो खोल्नका लागि पर्यटन मन्त्रालयले आवश्यक सहयोग गर्नेसमेत मन्त्री आलेले जानकारी दिनुभयो ।

पर्यटकहरूलाई आवश्यक पर्ने अन्य पूर्वाधार, साहसिक पर्यटकीय पूर्वाधार तथा मनोरञ्जनका अन्य पूर्वाधार निर्माण गरी यहाँ आउने पर्यटकलाई धेरै दिन बास बसाल्न सक्ने कार्यक्रम ल्याउन मन्त्री आलेले पोखराका पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले पोखराको पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकार र आफू व्यक्तिगतरूपमा पनि सधैँ तत्पर रहेको बारम्बार दोहो¥याउनुभएको थियो ।

पोखरामा थप पर्यटक भित्र्याउनका लागि यहाँ रहेको रत्नमन्दिर खुलाउनका लागि यहाँका नागरिकले आग्रह गरेकाले मैले सम्बन्धित निकायमा खबर गरी उक्त मन्दिरको ढोका खोल्न भनेको र अब त्यो पनि खुल्ने जानकारी उहाँले दिनुभयो ।

मन्त्री आलेले हामी यहाँबाट अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्दा टनकपुर हुँदै दिल्ली जाने र फर्किँदा उक्त रुट हाम्रा जहाजले नपाउने भएकाले आफूले भारतको हैदरावादमा गएर त्यहाँका आफ्ना समकक्षी आदित्यनारायण सिन्धियासँग लिमा सिक्स टु सिक्स एकतर्फी नभइ दुइतर्फी बनाउन आग्रह गरेको र उहाँ सकारात्मक रहेको जानकारी पनि दिनुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोग गर्ने पोखरावासीलाई मन्त्री आलेले धन्यवाद दिनुभयो । उहाँले मुलुकको पर्यटन क्षेत्रको विकासमा गतिला इँटा थपिने काम हुँदै गएको बताउनुभयो । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अबका केही दिनमै सञ्चालनमा आउने काम महत्वपूर्ण र ऐतिहासिक भएको भन्दै नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा यी दुई विमानस्थलनले ठूलो टेवा पु-याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना महामारीका कारण विश्वकै पर्यटन बजार गएको कम्तीमा तीन वर्षदेखि ठूलो मारमा परेको छ र हामी पनि महामारीको चपेटामा परेका छौँ, तर अब महामारी सकिएसँगै हिजोको घाटा पूर्ति गर्ने गरी काम गर्नुपर्छ, मुलुकको पर्यटन क्षेत्रलाई जुरुक्क उठाउनुपर्छ, त्यसका लागि म पनि लाग्छु, यहाँहरू पनि लाग्नुहोस् ।”

मन्त्री आलेले सम्झिनुभयो स्व रवीन्द्र अधिकारी

सोही कार्यक्रममा मन्त्री आलेले पोखरा विमानस्थल निर्माणको जग बसाल्न लागिपरेको भन्दै तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पनि स्मरण गर्नुभयो । सो विमानस्थल निर्माण सम्पन्न हुनुमा पूर्वमन्त्री अधिकारीको ठूलो योगदान रहेको उहाँले बताउनुभयो । मन्त्री आलेले भन्नुभयो, “यो विमानस्थल निर्माण गर्न स्व अधिकारीको सहयोग कहिल्यै बिर्सिन हुँदैन । विकासप्रेमी मेरा परममित्र रवीन्द्रजीको देनले हामीले यो विमानस्थल निर्माण सम्पन्न गराउन सफल भएका छौँ, उहाँलाई हामीले कहिले बिर्सिनु हुँदैन ।” रासस