• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

निर्वाचन आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्दै



काठमाडौं । स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । वैशाख ३० गते हुने निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि नाम हेरफेर गर्न पाइने छैन ।२०७९ साल वैशाख २९ सम्ममा १८ वर्ष पुगेकालाई मतदाता नामावलीमा नाम भएका खण्डमा मतदान गर्न दिइने आयोगले बताएको छ ।

नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दावी विरोधका लागि एक साताको समय दिएको थियो । दावी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको आयोगले जनाएको छ ।

आयोगका अनुसार एक करोड ७७ लाख भन्दा बढी मतदाता कायम भएका छन् ।आयोगले ७५३ वडा, र ७७ वटै पालिका निर्वाचन कार्यालयको समन्वयमा अन्तिम मतदाता सूची तयार पारेको छ ।