१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड नवरात्रमा पनि सुनसान पाथीभरा उपभोक्ताको गुनासो: ‘महँगो दशैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’ बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर परराष्ट्रमन्त्री राणा दोहामा द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्कंदै सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु राप्रपामा विभागीय प्रमुख हेरफेरप्रति लोहनीको आपत्ति पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई निर्मल निवासमा दशैंको टीका लगाइदिने पूर्वराजा ज्ञानेन्द्र यसकारण गएका थिए भुटान
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा बन्दुक देखाइ गरगहना लुटपाट



प्रतीकात्मक तस्बिर
अ+ अ-

जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौँको लुटपाट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश सिंहको घरमा निजकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा आज बिहान ३ः०० बजेको समयमा घरको बाहिरी ढोका फोरेर घरभित्र पसी चार जनाको समूहमा आएका बन्दुकधारी व्यक्तिले गरगहना लुटपाट गरी लगेका छन् ।
    
लुटेराले उहाँको घरबाट नाकको फुली दुई थान, सुनको बाला, सुनको सिक्रीसहित रु पाँच लाख बढीको गरगहना लुटेर लगेको जनाइएको छ । घटना आज बिहान ३ बजे भए पनि छिमेकीले ढिलो गरी थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले अहिले लुटेराको खोजतलास व्यापकरुपमा गरिरहेको जनाइएको छ । (रासस)