२५ श्रावण २०८३, सोमबार
,
Latest
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेविरुद्ध मोर्चा कसेर आउन सबै दललाई ओलीको चुनौति



अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरुलाई एमालेका विरुद्ध मोर्चा कसेर आउन चुनौती दिनुभएको छ ।

नेपाल मुस्लिम इत्तेहाद संगठनको छैँठौ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दर्ता भएका सबै दलहरुलाई एमालेका विरुद्धमा मोर्चा कसेर आउन चुनौती दिनुभएको हो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न सकिदैनँ भन्नेकुरा बुझेपनि सबै मिलेर एमालेसँग लड्न सकिदैन भन्ने कुरा चाहीँ नबुझेको टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्री देउवाले दर्ता भएका सबै दलहरुलाई साथमै लिएर गएपनि एमालेलाई फरक नपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको मोर्चा झारपातहरुको मोर्चा भएको टिप्पणी गर्दै हलोमा लाग्ने लुँडीको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो – ‘शेरबहादुर देउवाजीले सही बुझे । आधा सहि बुझे । एक्लै एमालेसँग लड्न सकिदैन भन्ने बुझे । आधा के बाँकी रह्यो भने सबै मिलेर पनि एमालेसँग लड्न सकिँदैन भन्ने चाहीँ बुझेनन् । त्यतिचाहीँ बाँकी रह्यो । एक्लै त सकिदैन, सकिदैन । सबै मिलेपनि सकिदैनँ । पाँच वटाले पुग्दैन भने दर्ता भएका जति सबै दल साथमै लिएर गएपनि हुन्छ । ति सबै दल मोर्चा कसेर एमालेका विरुद्ध आएपनि हुन्छ । यिनीहरुको मोर्चा भनेको हलोमा लाग्ने लुँडी जस्तो हो । झारपातहरुको मोर्चा ।’

अध्यक्ष ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफुले सुधार्न नसकेको बताउनुभयो । माओवादीलाई पखालेर बागमती नै मैलिएको उहाँले टिप्पणी गर्नुभयो । युवाहरुले अध्यक्ष दाहाललाई पत्याएर गल्ती गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ल्याइयो मिलाएर अलि सच्याउन सकिन्छ कि प्रचण्डलाई भनेर, ल्याइयो । मैले पहिले पनि भने ड्रमका ड्रम पानी खर्च भयो । डल्लाका डल्ला साबन खर्च भयो । धुँदाधुँदा । हाम्रो बागमती नै मैलियो माओवादीलाई पखाल्दा पखाल्दा, साबन लाउँदा लाउँदा ।

मैले अरुलाई भनेको होइन यो प्रचण्डलाई भनेको है । युवाहरुले त देश बनाउनका लागि, देशमा जनवाद ल्याउनका लागि राम्रा सुखका दिन ल्याउनका लागि जनवादी शासन समादवादी शासन आउँछ भन्नका लागि ति देखाएका सपना । युवाहरुको गल्ती के भयो भने प्रचण्डजस्तालाई पत्याए । अलि अलि त मैले त पत्याएँ । सपार्न सकिन्छकि जस्तो आँट आयो क्या मलाई । सकिन्छ होला भनेर मैले पनि कोशिस गरिहेरेँ । अन्तिममा त जहाँको त्यहीँ ।’

अध्यक्ष ओलीले मुस्लिम समुदायका अगुवाहरुले मुस्लिम समुदायको पछौटेपन हटाएर जागरण ल्याउन भुमिका खेल्नुपर्ने बताउनुभयो । मुस्लिम समुदायले छोरीलाई पढाउनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।