१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

आयोगमा दर्ता भएका सबै दलको गठबन्धन भए पनि एमालेले जित्छ – अध्यक्ष ओली

आयोगमा दर्ता भएका सबै दलको गठबन्धन भए पनि एमालेले जित्छ – अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले चुनाव जित्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित नेकपा(एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरु एकमुस्ट रुपमा आएपनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गर्नुभएको हो । उहाँले अन्य पार्टीहरु एमालेसँग डराएर यसका विरुद्धमा लागिरहेको बताउनुभयो ।

उहाँले सबै पार्टीहरु एकतिर लागेपनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता नेकपा(एमाले)को साथमा रहेको बताउनुभयो । अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – ‘त्यसकारण यो सँग डराएर अरुहरु एकजुट हुने र यसका विरुद्ध लाग्ने काम गरिराखेका छन् । मलाई सन्तोष लागेको छ, एक्लै एमालेसँग आउँछु भन्ने आँट, भिड्छु भन्ने आँट कसैले ग¥या छैन चुनावमा । अरु त त्यस्तै हो नेपाली कांग्रेस सभापतिहरुको सम्मेलन बोलाउँछ, त्यसमा सभापतिहरुले भने यसो गर्नु हुँदैन । शेरबहादुर देउवाजीले कांग्रेसका प्रमुख सभापति,राष्ट्रिय सभापतिले भन्नुभयो नचाहिने कुरा गर्ने हो ? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छैन ? त्यसकारण तालमेल गर्नुपर्छ भनेर उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसको केन्द्रमा टुप्पामा बसेर टुप्पाबाट हेर्दा के देख्नुभयो भने एमाले यति बलियो, एमालेका पाखुरा देख्नुभयो उहाँले छक्क पर्नुभयो । तलतलबाट हेरेर हुन्छ, मैले टुप्पाबाट हेर्दाखेरी देख्याछु मैले एमाले देशभरी । चुनावमा नचिताए हुन्छ कसैले । पाँचवटा होइन, जति दर्ता भएका पार्टीहरु छन् सबै एकमुष्ट आएपनि केही फरक पर्दैन । नेकपा(एमाले) एक्लै चुनाव लड्न सक्छ । जित्न सक्छ । त्यसको तयारी हाम्रा सबै कमरेडहरुले गर्नुपर्छ आ–आफ्नो ठाउँबाट । कलम चलाउन जान्नेहरु कलम लिएर उठ, बाजा बजाउन जान्नेहरु बाजा लिएर उठ, उद्योगको क्षेत्रमा काम गर्ने उद्योगको क्षेत्रबाट उठ, कृषिको क्षेत्रमा काम गर्ने कृषिको क्षेत्रबाट उठ, जुन–जुन क्षेत्रमा जहाँ–जहाँ छौँ त्यहीँ–त्यहीँबाट उठ देशलाई विजयी बनाउन उठ, जनतालाई विजयी बनाउन उठ, एमालेलाई विजयी बनाउन उठ । सबै एकतिर लागेर के गर्ने ? नेपाली जनताको फिप्टी पर्सेन्टभन्दा माथि हामीसँग छ । हामीसँग हुनुपर्छ र हामीले त्यस हिसाबले जनतामा जानुपर्छ ।’

अध्यक्ष ओलीले एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको बताउनुभयो । एमाले राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन गर्ने धारको रुपमा रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले एमसीसीको सन्दर्भमा विदेशीसँग साँठगाँठ गर्ने र जनतालाई छल्ने काम गरेको पनि उल्लेख गर्नुभयो । उहाँले माओवादीलाई नक्कली राष्ट्रवादीको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो – ‘नेकपा(एमाले)ले एउटा फरक धारको नेतृत्व गरिराखेको छ देशमा । नेकपा(एमाले)ले नेतृत्व गरेको धार भनेको देशभक्तिको धार हो । राष्ट्रवादको धार हो । राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन गर्ने धार हो । एमसीसी राष्ट्रघाती छ भनेर कराउने, बाहिर कार्यकर्ता उचाल्ने, सडक भत्काउन लगाउने, ढुंगा हान्न लगाउने, मारामार गर्न लगाउने, भित्र आफुहरुले हुन्छ–हुन्छ भनेर हात उठाएर तालि बजाएर पास गराउने, एकथरीलाई पास गर्नै हुँदैन भनेर सडकमा उतार्ने ।

आफैले सडकमा नारा लगाउँदा ए, त्यो चाहीँ नारा नलगाउ भन्ने सुटुक्क एमसीसीलाई पत्र लेख्ने अनि यो पत्र बाहिर कसरी आयो भन्ने । यो त सरकारले खास्याकखुसुक सँग कार्यान्वयन गर्नका लागि सम्झौता गरेको थियो केपी ओलीले संसदमा ल्याइदिएर बरबार ग¥यो भनेपछि नेपाली जनताको बिचमा लान नदिने, जनताका प्रतिनिधि संस्थामा लान नदिने, छलफल हुन नदिने, राम्रो नराम्रो के छ विचार–विमर्श गर्न नदिने । सुटुक्क सरकारले गरेर लागु गर्ने कस्तो साँढगाँठ रहेछ ? नेपाली जनतासँग छल्ने, विदेशीसँग साँठगाँठ गर्ने । विदेशीसँग गोप्य साँठगाँठ यस्तो किन गर्नुप¥यो ? यस्तो दोहोरो डिलिङ नक्कली राष्ट्रवादी किन हुनुप¥यो ?’

अध्यक्ष ओलीले देशमा आर्थिकसम्बन्धी समस्या देखा परेको बताउनुभयो । बैंकहरुसँग ऋण दिने पैसा पनि नभएको उहाँले उल्लेख गर्नुभयो । आफु नेतृत्वको सरकार हुँदा सयौँ विकास निर्माण सम्बन्धी काम गर्न पनि पैसा पुगेको भन्दै उहाँले वर्तमान सरकार आएसँगै पैसा नभएको देखेर अचम्म लागेको टिप्पणी गर्नुभयो । भित्रभित्रै पुजिँ पलायन भइरहेको भएपनि त्यसतर्फ सरकारको ध्यान नगएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘आज लिक्विडिटी सम्बन्धी गम्भिर समस्या । लगानीका निम्ति बैंकहरुसँग ऋण दिने पैसा छैन । लगानी गर्ने पैसा छैन । यसखालको परिस्थिति छ । मलाइ त छक्कै पनि लाग्छ, हामी सरकारमा जान्छौँ तुइन विस्थापित गरेर झोलुङ्गे पुल, पक्की पुल बनाउन पनि पैसा पुग्छ । हुलाकी राजमार्ग बनाउन पनि पैसा पुग्छ । पूर्वपश्चिम राजमार्ग चौडा गर्न पनि पैसा पुग्छ । नयाँ मदन भण्डारी राजमार्ग सुरु गरेर निर्माण गर्न पनि पैसा पुग्छ । हजारौँ पुलहरु बनेका छन् यस बिचमा पैसा पुग्छ ।

सडक पुलहरु बनेका छन् पैसा पुग्छ । कालोपत्रे यस्तो भएको छ पैसा पुग्छ । टनेल युगमा नेपाललाई प्रवेश गराइएको छ, यत्रो धेरै पुर्ननिर्माणका कामहरु भए । हस्पिटलको शिलान्यास ग¥यौँ । हामीले सरकार छोड्यो पैसा साटसुट्ट जादुगरले जस्तो छैन पैसा त । बैंकमा पैसा छैन । उद्योगी, व्यवसायीहरुसँग पैसा छैन । उद्योगहरुसँग पैसा छैन । आयात, निर्यातकर्ताहरुसँग पैसा छैन । यो खालको स्थिति कसरी हुन्छ त्यो अचम्म लाग्छ । सबै आयोजनाहरु कटौतीका कटौती भएका छन् । ठेकेदारले काम सके भुक्तानी दिने पैसा छैन । के भएको ? पुँजी पलायन भित्रभित्र भइराखेको छ सरकार गम्भिर छैन । के कारणले लिक्विडिटीको समस्या हो ? यतापट्टी सरकारको ध्यान छैन ।’

अध्यक्ष ओलीले कृषि र उद्योगको क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्ने बताउनुभयो । देशलाई आधुनिक, विकसित र उद्यमी बनाउनुर्नेमा उहाँले जोड दिनुभयो ।